×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा, प्रतिनिधिलाई भोलि प्रशिक्षण दिने

PRIME CA

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा, प्रतिनिधिलाई भोलि प्रशिक्षण दिने

अर्थ सरोकार

प्रकाशित मिति : ८ माघ २०७४, सोमबार

काठमाडौँ – यही माघ २४ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि आज आयोगमा आयोजित ‘एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली’ सम्बन्धी प्रशिक्षणको शुभारम्भ गर्दै निर्वाचनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार भएको जानकारी दिए ।
प्रशिक्षणमा सातै वटा प्रदेशका १५ जना प्राविधिकको सहभागिता रहेको छ । आगामी राष्ट्रिसभा निर्वाचनको तयारी, मतभार, मतगणना विधि र प्रक्रियाका बारेमा राजनीतिक दलका प्रतिनिधिलाई भोलि प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: