×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : दरबारमार्गस्थित होटल ल्याण्डमार्कबाट भीआइपी जुवाडेहरु पक्राउ, २९ जना प्रहरीको नियन्त्रणमा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० पुष २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

Breaking : दरबारमार्गस्थित होटल ल्याण्डमार्कबाट भीआइपी जुवाडेहरु पक्राउ, २९ जना प्रहरीको नियन्त्रणमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – दरबारमार्गस्थित होटल ल्याण्डमार्कबाट जुवा खेलिरहेको अवस्थामा २९ जना जुवाडेहरु पक्राउ परेका छन् । प्रहरी स्रोतले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार उनीहरुबाट ३ लाख २७ हजार रुपैयाँ क्यास, १०० अमेरिकी डलर, र विभिन्न बैंकका चेक बुकसमेत बरामद भएको छ ।
होटल ल्याण्डमार्कमा भीआइपीहरुको ठुलो जुवाको खाल बस्ने गरेको विशेष सुराकीका आधारमा प्रहरीले छापा मार्दा यस्तो भेटिएको हो । महानगरीय प्रहरी वृत दरबारमार्गबाट प्रहरी निरीक्षक देउ प्रसाद लिम्बुको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा भीआइपीहरुको संख्या ठुलो रहेको बताइएको छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: