×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेढ लाख बढी तलव छोडेर ५ हजारको कोठा खोज्दै साझा सवालकि विद्या, यस्तो छ भित्री कारण !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ पुष २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

डेढ लाख बढी तलव छोडेर ५ हजारको कोठा खोज्दै साझा सवालकि विद्या, यस्तो छ भित्री कारण !

  • अर्थ सरोकार सम्बाददाता 
साझा सवालकि होष्ट विद्या चापागाईंले बीबीसी मिडिया एक्सनबाट विदा लिएकी छिन् । बेलायती प्रसारण संस्था बीबीसीको आइएनजिओ बीबीसी मिडिया एक्सनले बिगत लामो समयदेखि उत्पादन र प्रशारण गरिरहेको यो कार्यक्रममा आर्थिक संकट उत्पन्न भएपछि विद्याले यस्तो निर्णय लिएकि हुन् । उनको बिदाइसँगै अव उक्त कार्यक्रम कसले संचालन गर्छ भन्ने अन्यौल त भएको छ नै, बीबीसी मिडिया एक्सनभित्र फन्ड सकिंदै लागेका बेला अव यो कार्यक्रम बन्द हुन्छ वा चलिरहन्छ भन्ने अर्को प्रश्न उठेको छ । 
५ हजारको कोठा खोज्दै विद्या !
यसो त लाखौँको तलव छाडेर विद्या त्यसै भने बस्न लागेकी होइनन् । उनी जागिरेबाट उद्यमी बन्न लागेकी छिन् । 
विद्या चापागाइँले ‘काठमाडौँ काठमाडौँ’ गुगल ग्रुपमा केही दिनअघि एउटा विज्ञापन पोस्ट गरिन्- सानेपा धोबिघाट एरियामा ५/६ हजार भाडा पर्ने एउटा कोठा खोज्दैछु, सानो अफिस सेटअपका लागि । उनले किन यस्तो लेखिन् भन्ने बुझ्दा उनले साझा सवाल छाडेर आफ्नै कार्यक्रम सुरु गर्न लागेको पत्ता लागेको हो । उनी निकट स्रोतका अनुसार उनी मिडिया हाउस र एनजीओ संचालनको तयारीमा छिन् । नारायण श्रेष्ठले कार्यक्रम छोडेपछि उनी प्रतिष्पर्धाबाट कार्यक्रम सञ्चालकको रुपमा छानिएकी थिइन् । झण्डै चार वर्ष साझा सवाल चलाएर विद्याले डिसेम्बरको अन्त्यसँगै कार्यक्रमलाई सधैँका लागि बाइबाइ गरेकी छिन् ।  उनले प्रतिमहिना डेढलाख हाराहारीमा तलव पाउने गरेकी थिइन् । 

अव कसले गर्ला कार्यक्रम संचालन ?
यसो त विद्याले छाडेपछि साझा सवाल कसले चलाउला भन्ने प्रश्न पनि उठेको छ । संस्थाले कार्यक्रम संचालन गर्न सक्ने केहि प्रतिभाहरुको समेत खोजी गरिरहेको छ । विद्याले छाडेपछि कार्यक्रम संचालन गर्ने जिम्मेवारी दिन केहि ठुलै कहलिएका पत्रकारले समेत अनौपचारिक आग्रह गरेको समेत बुझीएको छ । तर पैसा कम भएर कार्यक्रमको भविष्यनै अन्योलमा परेका बेला अव कार्यक्रम कसले संचालन गर्ला भन्ने प्रश्न पनि उस्तै टड्कारो बनेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: