×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्यरातमा मोदीले ओलीलाई फोन गरेर के भने ? हेर्नुहोस् यस्तो छन् कुराहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

मध्यरातमा मोदीले ओलीलाई फोन गरेर के भने ? हेर्नुहोस् यस्तो छन् कुराहरु

काठमाडौं – मध्यरातमामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले फोन गरेका छन् । फोनमा मोदीले प्रम ओलीलाई भारत भ्रमणको निम्तो दिएका छन् । साथै मुलुकको ४१ औं प्रधानमन्त्री भएकाे बधाइ तथा शुभकामना पनि दिएका छन् ।
मोदीले बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका हुन् ।
मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिँदै आफू स्वागतका लागि आतुर रहेको बताए । यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि मोदीले व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र भारतसँगको मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने मोदीलाई बताएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
ओली प्रधानमन्त्री बनेलगत्तै मोदीले नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी मार्फत शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालमा आर्थिक विकास र समृद्धि हासिल हुने विश्वास व्यक्त गरेका थिए ।
भारतीय विदेशमन्त्री सुस्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई बिहीबार नै टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएको ओलीको सचिवालयले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष ओली बिहीबार माओवादीको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । जवाफमा ओलीले पनि आफु छिट्टै भारत भ्रमण आउन आतुर रहेको बताएका छन् । ओलीले प्रधानमन्त्रीकाे रूपमा अाफु भारत भ्रमणमा अाउने वाचा गर्दै फाेन राखेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: