×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिप्स : सेवन गरे हुन्छ काइदा, यी हुन् अमलाका ७ फाइदा (विस्तृतमा पढ्नुहोस्)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

टिप्स : सेवन गरे हुन्छ काइदा, यी हुन् अमलाका ७ फाइदा (विस्तृतमा पढ्नुहोस्)

  • अर्थ सरोकार टिप्स 
अमलाको फाइदाहरु धेरै छन् । स्वस्थ कपालका लागि अमला एउटा उत्तम औषधी हो । अहिले ताजा अमला पाउँछ । यसको सेवन सबैका लागि फाइदाजनक छ । ताजा अमलाको सेवनले हामी सधैँ रोगबाट बच्न सक्छौं । अमलाको चूर्ण, मुरब्बा, च्यवनप्रास, वर्षैभरि प्रयोग गर्न सकिन्छ । आयुर्वेदिक हिसाबले अमला अमिलो हुन्छ । यसमा भिटामिन सी पर्याप्त हुने भएको हुनाले यसले हामीलाई धेरै फाइदा पुर्याउँछ ।
१. महिलामा सेतो पानी बग्ने समस्या हुन्छ । यस्तो हुँदा ३ देखि ५ ग्राम चूर्णलाई एक चिया चम्चा महमा मिलाएर खाँदा यो समस्या केही मात्रामा कम हुन्छ ।
२. यो समस्या कसै कसैलाई धेरै हुने गर्छ । त्यतिबेला पेट पनि दुख्ने हुन्छ । त्यो बेला २ चम्चा अमलाको चूर्ण २ चम्चा मिश्रीको धुलोमा २ भाग बेसार मिलाएर बिहानबेलुकी ३÷३ ग्राम पानीमा सेवन गर्दा समस्यामा केही कमी आउँछ ।
३.  ३ देखि ५ ग्राम अमलाको चूर्णमा आधा चम्चा शुद्ध घ्यू र १० ग्राम मिश्रीको धुलोमा मिसाएर खाने गरेमा 
ग्यास्ट्रिक या पित्तको कारणले दुःखेको टाउको ठीक हुन्छ । 
४. कब्जियत भएको बेलामा पनि टाउको दुख्ने हुन्छ त्यस बेलामा पनि अमलाको चूर्ण मिश्रीको धुलोमा मिसाएर राति सुत्नुभन्दा अगाडी एक गिलास मन तातो पानीको साथ सेवन गर्नाले कब्जियत हुनबाट बचाउँछ ।
५. अमलाको चूर्णलाई पानीमा उमालेर कुल्ला गर्नाले दाँत बलियो हुनुका साथै चम्किलो पनि देखिन्छ ।
६. काचो वा सुकेको अमलालाई राति फलामको भाडामा भिजाउने बिहान हातमा पन्जा लगाएर कपालको जरा जरामा लगाउने गरेमा कपाल कालो, चम्किलो र बलियो हुनुको साथै कपाल फुल्ने समस्या पनि रोकिन्छ ।
७. अहिले अमलाको सिजन छ अमलाको पाचक बनाएर राखेमा दिनमा एक दुई टुक्रा पाचक सेवन गर्नाले पनि स्वास्थ्य, कपाल र अनुहारको छालालाई पनि राम्रो बनाउँछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: