×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार एक करोडभन्दा बढी कित्ता शेयर सुचीकृत, कुन कम्पनीको कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

आइतबार एक करोडभन्दा बढी कित्ता शेयर सुचीकृत, कुन कम्पनीको कति ?

काठमाडौं – आइतबार नेपाल स्टक एक्सचेञ्जमा आठ कम्पनीको शेयर सुचीकृत भएको छ । तीन लघुवित्त कम्पनी, दुई विकास बैंकसहित आठ कम्पनीको शेयर सुचीकृत भएको हो ।
शेयर सुचीकृत हुनेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त, कैलाश विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, चिलिमे हाइड्रो, वरुण हाइड्रो र गुहेश्वरी मर्चेन्ट रहेका छन् । यी कम्पनीको १ करोड ३ लाख ४२ हजार ४ सय २० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।
तीन लघुवित्तको ५ लाख ७ हजार ९९५ कित्ता शेयर सुचीकृत भएकोमा लक्ष्मी लघुवित्तको २ लाख २० हजार कित्ता, स्वरोजगारको १ लाख ७४ हजार ९९५ कित्ता र ग्लोबल आईएमई लघुवित्तको १ लाख १३ हजार कित्ता बोनस शेयर सुचीकृत भएको हो । त्यस्तै चिलिमे हाइड्रो पावरको ५१ लाख ७१ हजार ८८६.७२ कित्ता शेयर सुचीकृत भएको छ । त्यस्तै वरुण हाइड्रोको १ लाख २१ हजार कित्ता, कैलाश विकास बैंकको २२ लाख ९१ हजार ४८८ कित्ता शेयर सुचीकृत भएको हो ।
त्यस्तै गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको १० लाख ९१ हजार २४९ कित्ता शेयर सुचीकृत भएको छ ।
दिनप्रतिदिन लगातार ओरालो लागेको शेयर बजारमा शेयर थपिएसँगै बजारमा शेयर आपूर्ति बढ्ने हुँदा बजारलाई थप असर पर्ने जानकारहरुको भनाई छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: