×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाल्पाको तिनहूँ गाउँपालीकामा लक्ष्मी बैंकको नयाँ शाखा खुल्यो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ फाल्गुन २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

पाल्पाको तिनहूँ गाउँपालीकामा लक्ष्मी बैंकको नयाँ शाखा खुल्यो

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा पाल्पाको तिनाउ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो जिल्लामा बैंकको यीे दोस्रो शाखा हो । 
अब, लक्ष्मी बैंकको शाखा संजाल ४१ जिल्लामा ७८ शाखा, ३ हस्पिटल सेवा काउन्टर, ९८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।
यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोनमार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
आ.व. २०७३÷७४मा ५९.३२ अर्ब निक्षेप र ५२.७३ अरब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ७०.९० अर्ब रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशतले बढी हो । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साहजनक रुपमा रहेका छन् ।
सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पुर्याएको छ । 
आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: