×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्सुरेन्सको ‘ग्राहक अनुभव’ : त्यसकारण जीवन विमा कम्पनी र त्यसका एजेण्टलाई ‘ठग’ भनिँदो रहेछ …!

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

नेपाल लाइफ इन्सुरेन्सको ‘ग्राहक अनुभव’ : त्यसकारण जीवन विमा कम्पनी र त्यसका एजेण्टलाई ‘ठग’ भनिँदो रहेछ …!


  • मदन ढुंगाना 
पत्रकारको जीन्दगी, सँधैको तनाव र असुरक्षा । सोचियो, बरु जीवन विमा गराऊँ । गत वर्ष एउटा नाम चलेको जीवन विमा कम्पनी नेपाल लाइफ इन्सुरेन्स NLIC मा फोन गरियो । आँफैले सम्पर्क गरेपछि एजेण्टस्ले पाउने कमिशन ग्राहकलाई छुट हुन्छ भन्ने सुनेको थिएँ, लागेको थियो ।
NLIC बाट पराजुली थर गरेका एकजना एजेण्टस् विमाको पोलिसी लिएर आए । विभिन्न अफर र डिस्काउण्टका कुरा गरे । मैले कति वर्षसम्म डिस्काउण्ट पाउछुँ भनेर सोधें । उनले पहिलो र दोस्रो वर्ष मैले १५ प्रतिशत कमिशन पाउँछु त्यो घटाइदिन्छु भने । खासमा एजेण्टस्ले पाउने कमिशन पहिलो र दोस्रो वर्ष २५ प्रतिशत र तेस्रो वर्षबाट ५ प्रतिशत छ भन्ने मलाई थाहा थियो । यद्यपि मैले १५ प्रतिशत होइन भन्ने मलाई थाहा छ किन त्यसो भनेको भनेपछि फेरि केही रकम घटाइदिए र पहिलो वर्ष ३४,००० तिर्ने गरी सहमति भयो ।
त्यतिबेलै इन्सुरेन्सका एजेण्टस् र मबीच भएको भद्र सहमति भनेको पहिलो र दोस्रो वर्ष वार्षिक ३४,००० नै तिर्ने र तेस्रो वर्षदेखि पूरा पैसा तिर्ने सहमति भएको हो । १५ वर्षको योजनामा सहभागी हुँदा तेस्रो वर्षदेखि नियमित आउने ५ प्रतिशत कमिशन भने एजेण्टस्ले नै खाने सहमति भएको थियो ।
पहिलो,
यसवर्ष मार्च ९ मै मेरो प्रिमियम तिर्ने मिति आएछ, एजेण्टस्ले कुनै जानकारी नै दिएनन् ।
दोस्रो,
अब मैले छुट नपाउने रे !
जबकि त्यही छुटको आशामा साथीसँग नगराई सोझै कम्पनीमा फोन गरी त्यहीँबाट खटाइदिएका एजेण्टस्बाट विमा गराइएको छ, तर दोस्रो वर्ष पाउने छुटचाहीँ हामीले नपाउने ? हामी आँफै कार्यालयमा सम्पर्क गरी विमा गराउँदा पनि एजेण्टस्लाई २ वर्षसम्म २५ प्रतिशत कमिशन चाहिने ? तेस्रो वर्षदेखि प्रत्येक र्वा ५ प्रतिशत कमिशन चाहिने ? इन्सुरेन्स कम्पनी र तिनका एजेण्टस्को लुट कहिलेसम्म ? इन्सेरेन्स कम्पनी सहजताका लागि हो कि ठगी गर्नका लागि ?

(ढुंगाना खोज पत्रकारिता गर्छन् । हाल उनी जनता टेलिभिजनमा कार्यरत छन्। )
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: