×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सत्ताबाट हटेपनि एमालेको नयाँ टिभी आँउदै, विजय पौडेलको नाममा टिभी खोल्दै एमाले

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ असार २०७३, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सत्ताबाट हटेपनि एमालेको नयाँ टिभी आँउदै, विजय पौडेलको नाममा टिभी खोल्दै एमाले

काठमाडौँ – एबिसी टेलिभिजनलाई नेकपा(एमाले) निकटका पत्रकारहरुले आफ्नै बाउको च्यानल भन्दै खिसी टिउरी गर्दथे । माओवादीले संस्थागत रुपमा सो टिभी चलाएको त होइन तर एमाले निकटका पत्रकारको उक्त टिप्पणी यर्थाथ भन्दा फरक थियो ।
तर पछिल्लो पटक एमालेले अब आफ्नै लगानीमा टेलिभिजन चलाउने भएको छ । आफ्नै हात जगन्नाथ भने जस्तै सूचना तथा सञ्चार मन्त्री आफ्नै नेता भएको बेला मन्त्रालयबाट एमालेका पोलिटव्यूरो सदस्य डा विजय पौडेलले जनता टेलिभिजनको नाममा एमालेको टेलिभिजन दर्ता गराएका छन् ।
उनले एमालेको संस्थागत निर्णयका आधारमा टेलिभिजन दर्ता गराएको बताइएको छ । हाल सञ्चालनमा रहेका अधिकाशं टेलिभिजनले नेपाली काँग्रेस र माओवादीको मात्र पक्षपोषण गरेको, आफूहरुलाई साथ नदिएको भन्दै एमालेले संस्थागत रुपमा नै टेलिभिजन सञ्चालन गर्ने र आफ्नो धारणा संस्थागत गर्ने एवम् त्यसलाई प्रचार प्रसार गर्ने लक्ष्य राखेको छ ।
केपी ओलीले नै टेलिभिजन दर्ता गर्न लगाएको बुझिएको छ । दर्ता नं १२२–०७२/७३ मा दर्ता गरिएको जनता टेलिभिजनको कार्यालय भने बागबजारमा रहने उल्लेख गरिएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयबाट अनुमति पाएपछि मोदनाथ प्रश्रितका छोरा समेत रहेका विजय पौडेलले फेसबुकमा लेखेका छन् । सबै न्यायप्रेमी नेपाली जनतालाई नमस्कार ।
श्री माइलस्टोन प्रकाशन तथा प्रसारण कम्पनीले जनता टेलिभिजन जेटिभी सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ । माननीय सञ्चारमन्त्री, सचिवज्यू र समस्त राष्ट्र सेवकलाई धन्यवाद । जेटिभीलाई जनताको सच्चा मित्रको रुपमा हुर्काउने र अगाडि बढाउने काममा सबै साथीहरुको सबै जनताको दरिलो सहयोग सहयोग चाहन्छु ।
आफ्ना धारणालाई जनतासम्म पु¥याउने भन्दै एमाले नेता पौडेलले एमाले टेलिभिजन सञ्चालनमा ल्याउन लागेका हुन् । आफ्नो पक्षमा प्रचार गर्ने कुनै पनि टेलिभिजन नभएको भन्दै एमालेले लामो समयदेखि आफ्नै टेलिभिजन सञ्चालनमा ल्याउने तयारी गर्दै आएको थियो । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: