×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालिका बलात्कारको अभियोगमा आयल निगमका हाकिम पक्राउ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ भाद्र २०७३, शनिबार

PRIME CA
laxmi sunrise bank

बालिका बलात्कारको अभियोगमा आयल निगमका हाकिम पक्राउ


  • अर्थ सरोकार सम्बाददाता 

भैरहवा– बालिका बलात्कार प्रयासको अभियोगमा नेपाल आयल निगम  भैरहवा वितरण केन्द्रका प्रवन्धक चित्तरञ्जन दास पक्राउ परेका छन् । शुक्रबार साँझवितरण केन्द्रकै कर्मचारी प्रकाण्ड मिश्रको डेरामा बस्न पुगेका उनले सोहि घरमा बस्दै आएकी १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको प्रहरी स्रोतले बताएको छ । गएराती समातिँदा उनी कट्टु र गन्जीमा मात्रै रहेका थिए ।
उनले बालिकालाई जबरजस्ती गर्न थालेपछि बालिका चिच्याउँदा छिमेकीले थाहा पाई घटनास्थल पुगेका थिए भने उनीहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: