×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE : रेमिट्यान्स घट्नुको भित्री रहस्य : यस्तो छ आइएमईभित्रको कालो धन्दा ! (आइएमइको कालो कर्तुत नम्बर १)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अहिले नेपालमा रेमिट्यान्स घटेको चर्चा बढी छ । रेमिट्यान्सलेनै देश धानेको अवस्थाकाबीच रेमिट्यान्स घट्नुले देशको अर्थतन्त्रलाई सीधा प्रभाव पार्नेमा कुनै दुइमत छैन । अहिले रेमिट्यान्स किन घट्यो भन्ने विश्लेषण भइरहेको छ । विदेश जाने कामदार घट्नु, विदेशमा नेपाली कामदारको माग हुनु लगायतका कारणहरु पर्दा अगाडी आएका छन् । 
तर रेमिट्यान्स क्षेत्रमा नम्बर १ कम्पनी भनेर चिनिएको आइएमइभित्र फष्टाएको कालो धन्दापनि नेपालको रेमिट्यान्स घट्नुको मुख्य कारण भएको खुलासा भएको छ । विदेशबाट पठाइने पैसामा आइएमइभित्रकै केहि गिरोहले गर्ने कालो धन्दाका कारण एकातर्फ देशको राजश्व गुमिरहेको छ भने अर्कोतर्फ आइएमइलाई देखाएर भित्रभित्रै कालो धन्दा गर्नेहरु मोटाइरहेका छन् । 

यस्तो छ आइएमइभित्रको कालो धन्दा :
मलेसियामा कार्यरत जनकपुर घर भएका अशोक चौधरी (नाम परिवर्तन)ले गत असोज ५ गते नेपालमा कुल ३ लाख रुपैयाँ आइएमइबाट पैसा पठाए । तर जनकपूरको आइएमइबाट पैसा झिक्दा पैसा काठमाडौँको आइएमइबाट एक नामनै नसुनेको मान्छेले पठाएको देखियो । अर्कैको नाममा पैसा पाएपछि के रहेछ भनेर पैसा पठाउनेसँग बुझ्दा ‘सस्तो पर्ने हुनाले त्यसरी पठाएको हो’ भन्ने जवाफ आयो । अरुको नामबाट पैसा पठाउने केहि सस्तो कसरी हुन्छ भन्ने  बुझ्दै जाँदा त यो आइएमईभित्रकै एक गिरोहले चलाएको अवैध धन्दा पो रहेछ । तर त्यसरी पैसा पठाउनु गैरकानुनी हो वा त्यसरी पैसा पठाउंदा जोखिम बढी हुन्छ भन्ने पठाउनेलाई पनि थाहा रहेनछ । 
यिनी त प्रतिनिधि पात्र मात्र हुन् । आइएमइका विभिन्न विदेशका साखाहरुमा अहिले यस्तै धन्दा चल्ने गरेको छ । पैसा आइएमइबाटै आउँछ नेपालमा । तर नेपालमा काठमाडौँको आइएमइको कुनै सेन्टरबाट सम्बन्धित ठाउँको आइएमइमा पुग्छ । तर विदेशबाट नेपाल पैसा पठाईएकै हुँदैन । अर्थात विदेशको आइएमइमा उक्त रकम इन्ट्रीनै भएको हुँदैन । यसरी आइएमइबाट पठाएको देखिएपनि पैसा नेपालभित्रै चलीरहेको हुन्छ, जसका कारण विदेशबाट आउने रेमिट्यान्सवापतको राजश्व गुमीरहेको छ । अर्थात आइएमई भित्रै हुण्डीको ठूलो जालो छ । 
करोडपतिहरु छन् यस्ता दलाल :
आइएमइको विदेश साखासँग मिलेमतो गर्ने अनि नेपालमा एउटा आइएमइबाट पैसा पठाएर अर्को आइएमइबाट झिक्न लगाउंदै देशलाई लुट्ने यस्ता दलालहरु करोडपनि हुने गरेको स्रोत बताउँछ ।’ नयाँ बानेश्वरमा घर भएका एक व्यक्ति यस्तै कार्यमा संलग्न छन् । उनको काम भनेकै विदेशमा कसले कति पैसा पठाएको डिटेल बुझ्ने, यहाँ सम्बन्धित ठाउँमा त्यो पैसा पठाईदिने र विदेशमा रहेका आइएमइका कर्मचारीसँग कमिसन लिने र खाने ।’ स्रोतका अनुसार यस्ता दलालहरुको संख्या काठमाडौँमा मात्रै १०० बढी  छन् । ‘अधिकांस यस्ता दलाल करोडपति छन् ।’ स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो ।
आइएमइकै उच्च तहका कर्मचारीहरु संग्लग्न :
‘यस्तो गैरकानुनी काममा आइएमइभित्रकै केहि उच्च अधिकारीहरु पनि संग्लग्न छन् ।’ स्रोत अगाडी भन्छ, ‘विशेषगरी विदेशमा रहेका आइएमइका विभिन्न साखाहरुमा रहेका उच्च अधिकारीहरुले यस्तो गैरकानुनी काम गर्ने गरेका छन् भने त्यसको जानकारी नेपालमा रहेका आइएमइका उच्च अधिकारीसम्म छ ।  तर ‘मै चुप तैं चुप’ शैलीमा आइएमकिकै उच्च अधिकारीहरुले यो कालो धन्दालाइ प्रशय दिइरहेका छन् ।’ स्रोत अगाडी भन्छ, ‘अहिले सम्बन्धित निकायले छापा मार्ने हो भने यस्ता सयौं उदाहरणहरु पाउन सकिन्छ । पैसा मलेसिया लगायतका विभिन्न देशहरुबाट आएको हुन्छ तर काठमाडौँको कोहि नचिनेको मान्छेले सम्बन्धित ठाउँमा पैसा पठाईरहेको हुन्छ । जसका कारण देशले पाउनुपर्ने राजश्व गुमीरहेको छ ।’
आइएमइभित्रको यो कालो धन्दामार्फत दिनमा करोडौं रुपैया भित्रन्छ नेपाल :
नेपालमा यसरी कति पैसा भित्रन्छ भन्ने खास आंकडा छैन । हुण्डी भएकाले यसको खास आंकडा पनि हुँदैन।  तर यसरी करोडौं रुपैयाँ भित्रिने गरेको स्रोतको दावी छ । दिनमा झन्डै एक करोडभन्दामाथि यसरी पैसा भित्रिन्छ । कहिलेकाहीं अर्थात चाडबाडका समयमा यो रकम १० करोडसम्म पनि पुग्छ । भूकम्पका बेला यो रकम दिनमै १५ करोडभन्दा बढी थियो । स्रोत अगाडी भन्छ, ‘यो पनि एक प्रकारको हुण्डी हो । आइएमइले पछिल्लो समय व्यापारका नाममा हुण्डीलाई प्रसय दिइरहेको छ । रेमिट्यान्स कम्पनीमध्येकै सबैभन्दा बढी हुण्डी हुने नै आइएमइ हो ।’   
देशलाइ करोडौं घाटा, राजनीतिक आडमा छानविन हुँदैन :
आइएमइभित्र फष्टाएको हुण्डीको खेलले देशलाई करोडौं रुपैयाँ घाटा भइरहेको छ । स्रोत अगाडी भन्छ, ‘आइएमइका अध्यक्ष चन्द्र ढकाललाई समेत यस्तो हुन्छ भन्ने राम्रोसँग थाहा छ । तर उनकै मिलेमतोमा यस्तो गैरकानुनी काम भइरहेको छ । यो काम गरेवापत उनलाई पनि छुट्टै मोटो रकम कमिसनमार्फत आइएमइका विदेश साखाका उच्च अधिकारीहरुले दिने गरेका छन् ।’ स्रोतका अनुसार आफुसँग राजनीतिक पावर बढी भएकाले केहि हुँदैन भन्दै यस्तो हुण्डीको खेललाई आइएमइका अध्यक्ष चन्द्र ढकाललेनै प्रसय दिइरहेका छन् ।’ उनी अगाडी भन्छन्, ‘छानविन गर्ने हो भने आइएमइभित्रको यो कालो धन्दा छरपष्ट हुन कतिपनि समय लाग्दैन ।’
बर्षौंदेखि चलिरहेछ यस्तो गैरकानुनी धन्दा, आइएमइका उच्च कर्मचारी मोटाएको मोटाई
स्रोतका अनुसार आइएमइभित्र चलिरहेको यस्तो धन्दा, बर्षौंअघि देखि चलिरहेको छ ।  ‘यस्तो धन्दा गरेर पाएको कमिसन, आइएमइका विभिन्न अधिकारीहरुसम्म पुग्ने गरेको छ ।  यहि पैसाकै भरमा आइएमइका उच्च तहका कर्मचारीहरु मोटाइरहेका छन् ।  हुन त यस्तो हुन्छ भन्ने समाचार पनि केहि समय अगाडी विभिन्न सञ्चारमाध्यममा नआएको होइन ।  तर एकासी ती समाचार कता गए वा किन त्यसको फलोअप गरिएन भन्ने कुरा सोचनीय विषय हो । ‘ पहिला यस्तो गैरकानुनी धन्दा गर्ने केहि कम मात्र थिए ।  तर अहिले यस्तो गैरकानुनी धन्दा गरेर छिटो धनी हुनेहरुको संख्या बढेकाले देशको अर्थतन्त्रलाईनै असर गर्ने गरी नेपालको रेमिट्यान्स घटेको हो । 

किन बोल्न मान्दैन आइएमइ?
हामीले यस बारेमा बुझ्न आइएमइ ग्रुपको प्रधान कार्यालयको नम्बरमा सम्पर्क गरेका थियौं । हामीले सुचना अधिकारी को हुनुहुन्छ भनेर सोध्दा फोन उठाउने कर्मचारीले उल्टै, ‘सुचना अधिकारी भन्नाले?’ भनेर प्रतिप्रश्न गरिन् । हामीले समाचारका लेख्न केहि बुझ्नु छ भनेपछि उनले फोन त पास गरिन् तर उठेन । हामीले यसबारेमा आइएमकिका पीआर अफिसर राजु पौडेललाई समेत सोधेका थियौं । उनलाई हामीले संस्थाका सुचना अधिकारीको नम्बर माग्दा उनले, ‘तपाईंको जिज्ञासाको समाधान हुन्छ ।’ भनेका थिए । तर उनले सुचना अधिकारीको नम्बर भने पठाएनन् । मिडियासँग यसरी भाग्न खोज्नुले पनि आइएमइभित्र फष्टाएको जालोमा त्यहाँकै कर्मचारी पनि संलग्न भएको कुरालाई थप पुष्टि गर्छ ।



`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: