×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विकल्पहरुको विकल्प : बाबुराम र नयाँ शक्ति

PRIME CA

विकल्पहरुको विकल्प : बाबुराम र नयाँ शक्ति

२९ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • लक्ष्मी दुलाल

१० बर्ष सशस्त्र युद्धदेखि यस नयाँ संविधान घोषणासम्म आईपुग्दाको सेरोफेरोमा हेर्ने हो भने वर्तमान स्थितिमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता प्राप्त गर्नुनै एक मुख्य उपलब्धि हो । यो संविधानलाई कार्यनयन गराई संस्थागत गराउन सक्नु भनेको पुर्णत: सहिदहरुको सपना साकार रुपमा स्थापित गर्नु हो । तर अझै बाँकी छ ।
अहिले संशोधन तथा कार्यनयनको पकृयामा जुन हलो अड्काउने काम गतिविधि देखा परेको छ, ती हिजोका परिवर्तन स्विकार्न नसक्ने यथास्थितिवादिहरु हुन् । आज तिनीहरु रणनीतिका साथ प्राप्त उपलब्धिहरुलाई तुहाउन अर्थात विफल बनाउनलाई लागि परेको देखिन्छ । विफल भएमा यसले मुलुकमा फेरि अर्को अप्रिय दुर्घटना निम्तिनेछ भनेर उत्तिकै खतराको बादल मडारिएको छ ।
हो, यहि उपलब्धि गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका मुल मर्म र भावलाई अंगालेर आर्थिक समृद्धि र भौतिक विकासको बाटोबाट मुलुकलाई अवतरण गराउने सपना र विश्वास बोकेर “नयाँ शक्ति” उदाएको छ । डा.बाबुराम भट्टराईको भिजन मुलुकको लागि एउटा अवसर हो । बाबुरामकै लागि पनि अर्को अवसर र चुनौती हो। उसले आफैँले चाहे जसरी काम गर्न पाउने प्रयोगशाला जस्तैनै हो ।
सशस्त्र क्रान्तिबाट जिम्मेवार भुमिका निर्वाह गरि सकेर आएको शक्तिनै “नयाँ शक्ति” हो तर सैद्धान्तिक कार्यशैलीमा भने भूमिका फरक रहने छ । 
सामाजिक वस्तुस्थिति हेर्दा अवको संघर्ष भनेको वार्गीय मुक्ति, आर्थिक क्रान्ति र भौतिक विकासनै हो । विगत र आजको पृष्ठभुमि सुन्दा एकै लागेपनि भूमिका फरक-फरक हो । सरल भाषामा भन्नुपर्दा बुलेटदेखि ब्यालेटसम्मको यात्रा हो । ब्यालेटको बाटोलेनै ती आर्थिक समृद्धि र विकासका सपनाहरुलाई स्थापित गराउन सम्भव राख्दछ ।
जसरी सुनलाई विभिन्न रसायन मिसाउँदा सुन गुणस्तरहिन बन्न पुग्दछ, त्यसमाथी भरोसा उड्न थाल्छ ठिक त्यस्तै रुपमा छन् हिजोका यथास्थितिवादीहरु र तिनका शासकीय प्रणाली । त्यसैले अब हामी नेपाली जनताले हरेक क्षेत्रमा बिकास, आर्थिक समृद्धि र सु शासन तथा प्रत्यक्ष निर्वाचित शासकिय प्रणाली चाहाने हो भने सुन होईन अकबरी सुन नै चिनेर रोज्न पर्ने बेला आएको छ । त्यो भनेको “बाबुराम अनि नयाँ शक्ति” एक प्रमुख बिकल्प बनेर खडा भएको छ । एकपटक बाबुरामका यिनै राम्रा भिजनहरुलाई साथ दिंदै हाम्रा अमुल्य मत जाहेर गर्न पछि नहटौं । फेरि पनि नचुकौँ । आऔँ सम्पुर्ण मिलेर देश बनाऔँ !! नयाँ शक्ति जिन्दावाद !! जय नेपाल ।
लेखिका अन्तराष्ट्रिय नेपाली समाज (INS) जापानको अभियन्ता हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: