×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निकै महँगोमा विक्री भएको यो तस्विरको यस्तो छ वास्तविक कहानी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ पुष २०७३, बुधबार

PRIME CA
laxmi sunrise bank

निकै महँगोमा विक्री भएको यो तस्विरको यस्तो छ वास्तविक कहानी

एउटा यस्तो तस्विर जसलाई बुझ्न संसारलाई धेरै समय लाग्यो । विश्लेषकहरु पनि यति दोधारमा परे कि जबसम्म चित्रकार स्वयंले यो तस्विर पछाडिको रहस्य खोलेनन् । कारण तँपाईं हामी सजिलै देख्छौं कि यो तस्विरको कलामा नग्नता छ । 
तस्विर हेर्ने जो कोहीलाई पनि लाग्न सक्छ एक अधबैंसे महिलाको स्तनपान कसरी त्यति बृद्ध मानिसले गरे ? जब यो तस्विरको वास्तविकता बुझ्नु हुनेछ तब पक्कै पनि तँपाईंहरुको आँखाबाट दुई थोपा आँसु तँपाईहरुलाई थाहै नदिई बग्नेछ । 
यो तस्विर युरोपका एक प्रख्यात चित्रकार ( मोनरो ) ले बनाएका थिए । उक्त तस्विरमा यूरोपको कुनै एक देशमा एक जना बृद्ध मानिसलाई भौके जेलमा राखेर मार्ने फैसला उक्त देशको न्यायलयले सुनाएको थियो । जबसम्म भोकले बृद्ध मर्देनन् तबसम्म उनलाई जेलमा भौके राख्नुपर्ने थियो । एक दिन उक्त बृद्धकी छोरीले न्यायलय समक्ष आफ्ना बृद्ध बाबुलाई नियमित भेट्ने अनुमति मागिन् । 
माग भए अनुसार न्यायलयले उनलाई हरेक दिन जेलमा आफ्नो बृद्ध बाबुलाई भेट्न आउने इजाजत दियो । जेलमा हरेक दिन आफ्नो बाबुलाई भेट्न जानु भन्दा पहिले उनको शरिर , झोला सबैको खानतलासी हुन्थ्यो कारण झोला या शरिरमा कुनै खानेकुरा लुकाएर उनकी छोरीले आफ्नो बृद्ध बाबुलाई लगेर नदिउन् भन्ने थियो । 
उनकी छोरीले उनलाई भेट्न जाँदा कैंयौं दिन देखि खाना नखाएका आफ्नो बाबुलाई देखेर छोरीको मन यसरी पग्लियो कि आफ्नो बाबुलाई ज्यूँदो राख्नका लागि उनले आफ्नो दूध पिलाउन लागिन् । कैंयौं दिन , महिना बिते तर ति बृद्ध भोकले मरेनन् । यो देखेर जेलरलाई शंका लाग्न थाल्यो र आफ्ना सिपाहीहरुलाई चियो गर्न लगाए । यसरी चियो गर्दा ति छोरीले आफ्नो दूध पिलाएर उक्त बृद्धलाई बचाउन सफल भएको रहस्य खुल्यो । रहस्य खुलेपछि छोरी माथि पनि मुद्दा चलाईयो । 
फैसलामा उक्त देशको न्यायलयले कानून छाडेर भावनात्मक फैसला सुनाउँदै बाबु छोरी दुबैलाई रिहा गरिदियो । भनिन्छ माथीको तस्विरमा सोही कुरा देखाईएको छ र यो तस्विर त्यति बेला निकै महङ्गो दाममा बिक्री भएको थियो ।



`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: