×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संविधान संसोधनको विपक्षमा शक्ति प्रर्दशन गरेर सरकारको ढयाग्रो बजाउँदै विपक्षी नौ दल

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ पुष २०७३, शुक्रबार

PRIME CA
laxmi sunrise bank

संविधान संसोधनको विपक्षमा शक्ति प्रर्दशन गरेर सरकारको ढयाग्रो बजाउँदै विपक्षी नौ दल

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – संविधान संशोधन पक्षको विरुद्धमा प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका नौ दलहरुले आज शक्ति प्रर्दशनी गर्न लागेकाछन ।
सभामा दुई लाख मानिस उतार्ने नौ दलको तयारी छ । संविधान संशोधन प्रस्ताव राष्ट्रहितविपरीत भएको निष्कर्ष निकाल्दै प्रतिपक्षी दलहरुले संसददेखि सडकसम्म आन्दोलन गर्दै आएका छन् ।
दबाबबाटै संशोधन प्रस्ताव फिर्ता गराउने अडान राख्दै आएका विपक्षी दलले भृकृटीमण्डपमा हुने कार्यक्रमलाई शक्ति प्रदर्शनका रुपमा प्रस्तुत गर्ने भएका छन् ।
सांसद संख्याका आधारमा दलहरुले कार्यकर्ता उपस्थिति गराउने निर्णय समेत गरेका छन ।
विपक्षी नौ दलमा आबद्ध दुई सय एक सांसद भएकाले शक्ति प्रदर्शनमा कम्तिमा पनि दुई लाख मानिस उपस्थिति हुने एमालेको दावी छ ।
संसदको दोस्रो ठूलो दल एमालेसँग एक सय ८२ सांसद रहेको उसले मात्र ९१ हजार मानिस उर्तानु पर्नेछ । जसका लागि एमालेले मातहतका सबै कमिटीलाई तयारी तीव्र पार्न कडा निर्देशन जारी गरेको छ ।
एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्यूरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा सभामा परिणत हुनेछ । ललितपुरको जुलुस कुपण्डोलमा जम्मा भएर र भक्तपुरको जुलुस भद्रकालीमा जम्मा भएर सभास्थलतर्फ अगाडि बढ्ने जनाइएको छ ।
शक्ति प्रदर्शनलाई व्यवस्थित बनाउन पाँच सय जना स्वयम् सेवक परिचालन गरिने आयोजकले जनाएका छन् ।
 विरोधसभामा काठमाडौंका ३२ स्थनबाट जुलुस निस्कनेछ ।विपक्षी मोर्चामा एमाले र मालेसहित नेमकिपा, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी, नेपाः पार्टी नेपाललगायतका दल आबद्ध छन् ।
विपक्षी दलको शक्ति प्रदर्शनकै कारण मंगलबार बोलाइएको संसद बैठक २४ गतेसम्मका लागि सारिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: