मारुती सिमेन्टविरुद्ध उठेका सिन्धुलीका जनता भन्छन्, 'ज्यानमारा सिमेन्ट उद्योगले दादागिरी देखायो, न्याय पाउँ !'


  • अर्थ सरोकार सम्बाददाता 

सिन्धुली - कहिले देशलाई तिर्नुपर्ने भ्याट छलेर त कहिले चोरीको बिजुली प्रायोग गरेर विवादमा आएको मारुती सिमेन्ट पुन : विवादमा आएको छ । आफ्नो चुनढुंगा खानीको ढुंगाले लागेर एक स्थानीय मृत्युहुँदा पनि कम्पनीले वे-वास्ता गरेपछि मारुती सिमेन्टविरुद्ध सिन्धुलीका जनता उत्रिएका हुन् । कम्पनी चुनढुंगा खानीको सम्पर्क कार्यालय उदयपुरमा सिन्धुलीका स्थानीयले धर्ना दिएका छन् । 

शनिबार दिउँसो सिन्धुलीको ककुरठाकुर गाउँ विकास समितिमा चुनढुंगा खानीबाट ढुंगा निकाल्ने क्रममा स्थानीय एक जनाको ज्यान गएपनि सम्बन्धित निकायले वेवास्था गरेको भन्दै स्थानीयले धर्ना दिएका हुन् । उनीहरुले मारुती सिमेन्टलाई ज्यानमाराको संज्ञा दिंदै सिमेन्टका विरुद्ध नारावाजी समेत गरेका थिए ।  

चुनढुंगा खानीबाट ढुंगा निकाल्ने क्रममा  खसेको ढुंगाले ककुठाकुर गाउ विकास समितिका ४७ वर्षिय खड्ग बहादुर थापा मगरको ज्यान गएको थियो । मृतक खड्गबहादुर बर्षे धानको ब्याड राख्नकालागि कुलोमा पानी लाउन गएका  थिए । मारुती सिमेन्ट कम्पनी चुनढुंगा निकाल्दा ढुंगाले लाग्दा थापामगरको ज्यान गएको कुरठाकुर गाउँ विकास समितिका प्राविधिक सहायक भिम कुमार राइले अर्थ सरोकार डटकमलाई जानकारी दिए ।

सम्वन्धित कार्यालयले क्षतिपूर्तिको लागि वेवास्ता गरेको पीडित पक्षले बताएका छन् । शनिवारनै ज्यान गएको भएपनि अहिलेसम्म सम्वन्धित पक्षले बेवास्ता गरेपछि पिडित परिवार र स्थानिय आन्दोलित भएको राईले बताए । स्थानीयले उचित  क्षतिपुर्ती दिईनुपर्ने, दोषीलाई कारवाही गर्नु पर्ने माग गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाशंकर पञ्जीयारले सडक विस्तार गर्ने क्रममा स्काभेक्टरले पाखामा खन्ने क्रममा ढुंगा खस्दा लागेको र मृतकको शव पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाईसकेको बताए ।  प्रहरीले थप अनुसन्धानकालागि आईतबार स्काभेक्टरका चालक सिन्धुली ककुरठाकुर गाविस १ निवासी २६ बर्षिय वम बहादुर तामाङलाई नियन्त्रणमा लिएको समेत जनाएको छ । 

यो पनि पढ्नुहोस् :
प्रकाशित : Monday, February 20, 2017

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal