×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्यो, देवचुली नगरपालिकामा कान्रेस एमालेको हुँदैछ ‘भाले-भिडन्त’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ चैत्र २०७३, शुक्रबार

PRIME CA
laxmi sunrise bank

स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्यो, देवचुली नगरपालिकामा कान्रेस एमालेको हुँदैछ ‘भाले-भिडन्त’


  • अर्थ सरोकार सम्बाददाता 

देवचुली- स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरुमा उम्मेदवार बन्ने आकांक्षीहरुको दौडधूप सुरु भएको छ । खासगरी कांग्रेस, एमाले र माओवादी केन्द्रमा नगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुका लागि आकांक्षीहरुको हानथाप र तँछाडमछाड सुरु भएको हो । साना दलमा मेयर र उपमेयरको उम्मेदवार बनाउन व्यक्तिको  खोजी सुरु भएको छ ।
सार्वजनिकस्थल, चोक, चौराह र चियापसलहरुमा कुन पार्टीमा कस्ले उम्मेदवारी पाउला भन्ने चर्चा छ । विद्यार्थी र सामाजिक सञ्जालमा घोत्लिनेहरुले उम्मेदवारको पक्षमा प्रचार थालेका छन् । यसै  क्षेत्रका सांसद तथा कांग्रेस महामन्त्री डा. शशांक कोइरालासँग टिकट माग्न हानथाप गर्दै कांग्रेस कार्यकर्ताहरु भेटघाटमा सकृय भएका छन् । उनलाई रिझाउन सके कांग्रेसबाट टिकट पाउन सकिने भन्दै कार्यकर्ताहरु कोइराला रिझाउन सक्ने ब्यक्तिको पछि लागेका स्रोतले बताएको छ । 
विभिन्न गाविसहरु गाभेर बनाइएका ठूला गाउँपालिकामा पनि पार्टीका नेता कार्यकर्ताहरुको आ-आफ्नो दाबी र उम्मेदवारीको लविङ्ग सुरु भएको छ । आफू नजिकका नेताहरुसँग उम्मेदवार बन्नका लागि व्यक्तिगत र पार्टी तहमा लविङ्ग सुरु भएको हो । जिल्ला र केन्द्रीय नेतृत्वसँग आ-आफूले टिकट पाउन उनीहरुले भेटघाट तीव्र पारेका छन् । नवलपरासीमा ७ वटा नगरपालिका र ८ वटा गाउँपालिका छन् ।
देवचुली नगरपालिकामा पनि उम्मेदवारहरु आ(आपना पक्षका केन्द्रीय नेताहरुका घरमा टिकटका लागि धाउने प्रवृत्ति बढेको छ । जनजातिहरुको मत निर्णायक रहेको यो नगरपालिकामा पनि मुख्य दलहरुमा पुराना नेताहरुको दौडधूप बढेको देखिन्छ । २७ हजारभन्दा बढी मतदाता रहेको देवचुलीमा जनजातिका मत तान्न सक्ने उम्मेदवारको खोजीमा सबैदल लागेका छन् । 
देवचुलीमा एमालेबाट निर्वाचनमा मेयरको उम्मेदवार बन्ने आकांक्षाका कारण शिक्षक खिमानन्द भुसालले राजीनामा स्वीकृत गराएर बसेका छन् । उनीसँगै एमालेका हरि र्पसाद न्यौपाने, रामप्रसाद मरासिनी, होमनाथ जैसीले टिकटका लागि दौडधूप थालेका छन् । उपमेयरका लागि महिला उम्मेदवारमा पार्वती तिवारी, विना पराजुली र विमला अधिकारी चर्चामा छन् ।
देवचुलीमा कांग्रेसबाट हेमराज कोइराला, इश्वर रेग्मी, पूर्णकुमार श्रेष्ठ, डिल्लीराम कडरिया, परशुराम रेग्मी, मोहनीलाल भुसाल र तरुण दलका पूर्वकेन्द्रीय कोषाध्यक्ष कृष्णप्रसाद बस्यालले दाबी गर्दै नेताहरुको घरदैलोमा टिकटका लागि दौडधूप गरेका छन् । त्यहाँ माओवादी केन्द्रले मेयरमा सूर्य न्यौपाने, सत्यनारायण भुसाल नाममध्येबाट सहमति हुने जनाएको छ । महिला नेतृ गोमा दवाडी, पेमा खनाल र  जयन्ती खनालबाट एकजनाले बाजी मार्ने जिल्ला नेतृत्वले जानकारी दियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: