×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरी घटनापछीको माहोल : नेपाली पूँजी बजार कता जाला ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ फाल्गुन २०७३, सोमबार

PRIME CA
laxmi sunrise bank

सप्तरी घटनापछीको माहोल : नेपाली पूँजी बजार कता जाला ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सप्तरीको राजविराजमा भएको गोली काण्डमा ४ जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन् । उक्त घटनापछी एकातर्फ प्रधानमन्त्रीले राजीनामा दिनेसम्मको चर्चा चलेको छ भने अर्को तर्फ अवको राजनीति कसरी अगाडी बढ्छ भन्ने अन्यौल भएको छ । यता मधेशी मोर्चाले समेत सरकारलाइ दिएको समर्थन फिर्ता गर्ने भन्ने औपचारिक निर्णय गरेपछि देशको राजनीति थप अन्यौलपूर्ण भएको हो ।
यता देशको स्थिति बिग्रिएकाले केहि दिन यता निरन्तर उकालो लागेको बजार मंगलबारबाट भने घट्ने अनुमान अधिकांस लगानीकर्ताले गरेका छन् । ‘आजको माहोलपछी अव सेयर बजार घट्ने पक्का छ । राजनीति अन्यौलपूर्ण भएपछि त्यसको सीधा असर नेपाली पूँजी बजारमा पर्ने हुनाले यस्तो नकारात्मक असर देखिने निश्चित छ ।’ लगानीकर्ता सुमन बन्जाराले अर्थ सरोकार डटकमसँग भने ।
यता सेयर बजारका केहि विश्लेषकहरुले पनि राजनीतिले यु टर्न लिएकाले बजार घट्ने अनुमान सबैले गरेको बताएका छन् । ‘मैले त भोलिबाट बजार घट्ने देख्छु । राजनीतिक माहोल शान्त नहुन्जेलसम्म अवको केहि समय पर्ख र हेरकै स्थितिमा हुनेछ । तत्कालका लागि आफ्नो नाम कोट नगर्न आग्रह गर्दै एक सेयर बजार विश्लेषकले अर्थ सरोकार डटकमसंग भने ।    
यता केहि लगानीकर्ताले भने देशको स्थितिबाट नआत्तिन र ढुक्कसंग लगानी गर्न सुझाव दिएका छन् । ‘राजनीतिमा उथलपुथल हुनु स्वाभाविक हो । राम्रो कम्पनी हेरेर लगानी गर्न छोड्नु हुन्न । हामीले नै छोड्यौं भने फेरि कसले उकास्ने बजार ? यसै पनि सेमी अनलाइन प्रणाली आउने कुरा छ । बजार घट्नुपर्ने खास कारण छैन ।  ‘ लगानीकर्ता प्रेरणा सिंहले अर्थसरोकार डटकमसंग भनिन् ।           
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: