×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्सले थप्यो १००% हकप्रद भर्न १५ दिनको म्याद

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ बैशाख २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

डिप्रोक्सले थप्यो १००% हकप्रद भर्न १५ दिनको म्याद

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – डिप्रोक्स लघुवित्त विकास बैंकले १००% हकप्रद सेयर भर्न १५ दिनको म्याद थपेको छ । डिप्रोक्सको  हकप्रदमा अब वैशाख २५ गतेसम्म आवेदन दिन पाइनेछ । यसअघि डिप्रोक्सले चैत ७ देखि वैशाख १० गते सम्मका लागि १ः१ अनुपातमा सेयर बिक्री खुला गरेको थियो । डिप्रोक्सले १०० रुपैयाँ अंकित मूल्यको २५ लाख ७९ हजार २३८.४५ कित्ता सेयर बिक्री खुला गरेको हो । यो हकप्रद सेयरमा आवेदन दिन फागुन १ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।  
बैंकको हकप्रद सेयरमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । हककप्रद सेयर खरीदका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड सेन्ट्रल प्लाजा, नारायणचौर नक्साल र डिप्रोक्सका सम्पूर्ण कार्यालयबाट आवेदन फारम लिन र बुझाउन पाइनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: