×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्सको ५०% हकप्रदमा मूल्य समायोजन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० चैत्र २०७३, बुधबार

PRIME CA
laxmi sunrise bank

फर्स्ट माइक्रोफाइनान्सको ५०% हकप्रदमा मूल्य समायोजन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ५०% हकप्रदमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले मूल्य समायोजन गरेर एक हजार रुपैयाँ भाउ तोकेको छ । यस आधारमा हकप्रद समायोजनपछि बुधबार फर्स्टको सेयर कारोबार प्रतिकित्ता एक हजार रुपैयाँमा खुलेको हो । फर्स्टको औसत आधार मूल्य भने एक हजार सात रुपैयाँ छ । कम्पनीले एक सय रुपैयाँ दरको १३ लाख २२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यस हकप्रदमा ग्लोबल आइएमइ क्यापिटले बिक्री प्रबन्धकको काम गर्दैछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी २६ करोड ४५ लाख रुपैयाँ छ । हकप्रदको बिक्रीपछि चुक्ता पुँजी ३९ करोड ६७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यो माइक्रोफाइनान्सले ३ करोड ३६ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ७० पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: