×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बरिष्ठ उपाध्यक्ष पड्काउन शेखर गोल्छाले बगाए पैसा र रक्सीको खोलो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ चैत्र २०७३, बिहीबार

PRIME CA
laxmi sunrise bank

बरिष्ठ उपाध्यक्ष पड्काउन शेखर गोल्छाले बगाए पैसा र रक्सीको खोलो

देशको अर्थतन्त्रको सुधारका लागि सरकारको राम्रो आर्थिक सल्लाहकार हो नेपाल उद्योग वाणिज्य माहसंघ । भवानी राणाको भागमा चिठ्ठा परिहाल्यो उनी स्वतः अध्यक्ष भइन । शेखर गोल्छालाई बरिष्ठ अध्यक्ष बनाउन पशुपति मुरारकाहरु मरिमेटेर लागिपरेका छन । मोटामोटी हिसाब किताब निकालिसकिएको छ,वरिष्ठ उपाध्यक्ष बन्नका लागि कम्तिमा पाँच करोड खर्च गर्नुपर्दछ ।
चुनावी मैदानमा वरिष्ठ उपाध्यक्षका लागि उत्रिएका दुई अनुहार हेरौं,एकातिर छन शेखर गोल्छा,अर्काेतिर इमान्दार व्यवसायी किशोर प्रधान । शेखरका लागि पाँच करोड कुनै ठूलो कुरा भएन । यसमाथि उनलाई बोक्ने छन पशुपति मुरारका, बैंक डिफल्डर चण्डी ढकालहरु । उता छन गोल्छा भन्दा निकै वरिष्ठ, तर आर्थिक रुपमा कमजोर किशोर प्रधान चुनावी मैदानमा ।
प्रधानलाई सुरज वैद्य, कुशकुमार जोशी, भाष्करराज राजकर्णिकारहरुले बोकेका छन । महाधिवेशनमा जित्नका लागि जिल्ला र नगरका मतदाताहरुको निर्णय निर्णायक मानिने बताइन्छ । तर जिल्ला र नगरका मतदाता स्वविवेक प्रयोग गर्ने भन्दा पनि पैसामा बिक्ने खालका छन । स्रोत भन्छ ‘ महासंघका प्रत्येक चुनावमा झै यसपटक पनि निर्णायक तत्व उम्मेद्वारको एजेण्डा नभई पैसा, तरुनी र रक्सी नै हुनेछ । कतिपय जिल्ला तथा नगरका अध्यक्षहरु काठमाण्डौ आउने क्रम सुरु भइसकेको छ ।
र, पैसावाल उम्मेद्वारले उनीहरुका लागि धित मरुञ्जेल प्यास मेटाउने रक्सीको साथमा उपहारको रुपमा राम्रो पैसाको समेत व्यवस्था गर्न थालिसकेका छन् । गोल्छा समूहले जिल्ला अध्यक्षहरुको आउ जाउ जहाज भाडा, काठमाण्डौको भीआइपी होटलमा चुनाव अवधिभरि बसोबासको राम्रो व्यवस्था, उसले भने अनुसारको गुणस्तरको रक्सीको खोलाको  व्यवस्था समेत गर्ने तयारी गरिसकेको छ ।
अब आकलन गर्न गाह्रो छैन पशुपति मुरारका र चण्डी ढकालहरुले रोजे खोजेकै उनीहरुकै प्यानलको शेखर गोल्छा बरिष्ठ उपाध्यक्ष बन्नेमा शंका छैन । अर्काे कार्यकाल उनी नै स्वत: अध्यक्ष बन्छन । पैसा पेलेर,मतदातालाई रक्सी खुवाएर महाधिवेशन जित्नेहरुले सरकारलाई कस्तो आर्थिक सल्लाह देलान ? – एस काठमाडौं 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: