×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वरिष्ठ नभएपछि निधिको राजीनामा आउंदै !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ चैत्र २०७३, शुक्रबार

PRIME CA
laxmi sunrise bank

वरिष्ठ नभएपछि निधिको राजीनामा आउंदै !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – विमलेन्द्र निधिले गृहमन्त्रीको पदबाट राजीनामा दिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपप्रधानमन्त्रीमध्ये वरिष्ठतम भएको संकेत दिएपछि आक्रोशित निधि मन्त्रिपरिषद्बाट राजीनामा दिने भएका हुन् । बिहीबार कांग्रेसबाट नियुक्त १४ मन्त्रीलाई गृह मन्त्रालयमै बोलाएर उनले यस्तो खुलासा गरेका हुन् ।
यसबारे आन्तरिक छलफल समेत चलिरहेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । उनलाई बरिष्ट बनाउन नसकिने कुरामा सरकार स्पष्ट भएको अनौपचारिक जानकारी निधिले पाएपछि यो प्रकरण अझ अगाडी बढेको हो ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: