×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुसमा शारीरिक सम्बन्धको प्रस्ताव राख्ने हवल्दार पक्राउ : ‘एक रात सुते’ सेटिङ मिलाइदिने प्रस्ताव !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ चैत्र २०७३, बुधबार

PRIME CA
laxmi sunrise bank

घुसमा शारीरिक सम्बन्धको प्रस्ताव राख्ने हवल्दार पक्राउ : ‘एक रात सुते’ सेटिङ मिलाइदिने प्रस्ताव !

काठमाडौं – वैदेशिक रोजगारीका लागि विदेश जान लागेकी एक युवतीसँग घुसबापत शारीरिक सम्बन्धको प्रस्ताव राख्ने प्रहरी हवल्दार पक्राउ परेका छन् । महानगरीय प्रहरी विमानस्थल सुरक्षागार्डमा कार्यरत प्रहरी हवल्दार महिन बस्याल पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई सोमबार पक्राउ गरेको हो । कतार जान लागेकी एक युवतीलाई उनले आफूसँग शारीरिक सम्बन्ध राखे एयरपोर्टबाट पास गराइदिने आश्वासन दिएका थिए । अवैध रूपमा विदेश जान खोज्ने क्रममा ती युवती करिब दुई महिनाअघि एयरपोर्टबाट फर्काइएकी थिइन् । उनले ‘आफूसँग एक रात सुते’ एयरपोर्टमा सेटिङ मिलाइदिने प्रस्ताव राखेका थिए । पीडित युवतीले त्यस्तो प्रस्तावको प्रमाणसहित उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । हवल्दार बस्याल एक महिनादेखि फरार थिए । आजको नयाँ पत्रिकामा खबर छ ।
परिसरले उनलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल प्रहरीलाई जिम्मा लगाएको छ । विमानस्थलका प्रहरी प्रमुख डिआइजी पंकज श्रेष्ठले घटनाबारे आफू जानकार रहेको बताए । ‘काठमाडौं परिसरले पक्राउ गरेको छ भन्ने सुनेको छु,’ उनले भने, ‘छानबिन गरेपछि मात्र वास्तविकता भन्न सक्छौँ ।’ भिजिट भिसामा कतार जान लागेकी युवतीलाई अध्यागमन कार्यालय एयरपोर्टले रोकिदिएको थियो । त्यसपछि उनी हवल्दार बस्यालको सम्पर्कमा पुगेकी थिइन् । त्यसक्रममा उनले पैसा माग्दै एक रात आफूसँग बस्नुपर्ने प्रस्ताव रोखेको पीडितले दिएको उजुरीमा उल्लेख छ ।
अनेक धन्दामा विमानस्थलका प्रहरी
विमानस्थलमा कार्यरत प्रहरीहरू पटक–पटक विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ पर्दै आएका छन् । दुई महिनाअघि एसएसपी श्याम खत्री सुन तस्करी आरोपमा पक्राउ परेकोमा धरौटीमा छुटे । मानव तस्करीको आरोपमा गत माघमा विमानस्थलकै जवान नितेश दाहाल पक्राउ परेका थिए । अर्का जवान तोयानाथ विक मानव तस्करीको आरोपमा फरार छन् । चार वर्षअघि विदेशबाट फर्किएकी सीता राईलाई अध्यागमनकै प्रहरी परशुराम बस्नेतले बलात्कार गरेका थिए । अदालतले उनलाई एक वर्ष कैद सजाय सुनाएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: