×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरका मेयर चिरिबाबु मर्हजनसँग देउवाले हारे एक सय रुपैंया बाजी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० जेष्ठ २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

ललितपुरका मेयर चिरिबाबु मर्हजनसँग देउवाले हारे एक सय रुपैंया बाजी

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवा कतिसम्म राजनीतिक चतुर खेलाडी छन भन्ने बुझ्न यो उदाहरण नै काफी छ । उनले टिकट दिँदा कांग्रेसका कार्यकर्ताहरुसँग यस्ता यस्तो वाजी पनि राखेका रहेछन कि आफूले टिकट दिएको उमेद्धारले हार्यो भने एक लाख रुपैंया लिने,जितेको खण्डमा आफूले एक सय रुपैंया दिने ।
यही बाजीबाट बुझ्न सकिन्छ कांग्रेस सभापति देउवाको चतु¥याई । देउवाको यो दाउको हालै मात्र भण्डाफोर भएको छ । र यस्को भण्डाफोर गरिदिएका छन त्रिविका एक जना उपप्रध्यापकले ।
भएको के रहेछ भने,  ललितपुरबाट  पहिलो मेयर बन्ने सौभाग्य पाएकाछन चिरिबाबु महर्जन र पार्टी सभापति देउवाबीच यस्तो वाजी चलेको रहेछ ।
सुरुमा देउवाले उनलाई पत्याएका थिएनन् । टिकट दिन समेत अनेक आनाकानी गर्दै आएका थिए ।  उनीसँगै ललितपुरबाट टिकट माग्नका लागि त्रिविवि बौद्ध अध्ययन विभागका उप–प्राध्यापक डा गौतमवीर बज्राचार्य पनि सँगै त्यहाँ पुगेका थिए । टिकट माग्दा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रश्न तेर्साए ‘चिरिबाबुले जित्नुहुन्छ त ?’ देउवाको चिन्ता थियो हार्यो भने त बर्बादै हुन्छ ।
उनै उप प्रध्यापक वज्राचार्यले जवाफ फर्काए ‘ ललितपुरमा चिरिबाबु बाहेक अरुले जित्नै सक्दैनन् ।’ नभन्दै नतिजा आयो पनि त्यस्तै ।
अन्ततः चिरिबाबुकै पोल्टामा मेयरको उपाधी पर्यो । टिकट दिने समयमा कांग्रेस सभापति देउवा र चिरिबाबु केही रोचक वाजी पनि भए । चिरिबाबुले यदि मैले हारेँ भने म पार्टीलाई एक लाख रुपियाँ दिन्छु, जितेँ भने मलाई एक सय रुपैयाँ पुरस्कार दिनुहोस् ।’भन्ने प्रस्ताव राखे ।
चिरिबाबुको यो प्रस्ताव देउवालाई मन पर्यो र उनले स्वीकार गर्दै उनालई मेयरको टिकट दिए । यसरी बाजी अनुसार ललितपुरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले जितेका छन भने कांग्रेस सभापति देउवाले वाजी हारे । शर्त बमोजिम उनले ललितपुरका मेयर चिरिबाबु मर्हजनलाई सय रुपैंया पुरस्कार पाउनेभएका छन । – एस काठमाडौं 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: