×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा १० वर्षपछि एमाले बन्यो ‘हिरो’, माओवादी र राप्रपा भए पत्तासाफ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ जेष्ठ २०७४, शनिबार

PRIME CA
laxmi sunrise bank

काठमाडौँमा १० वर्षपछि एमाले बन्यो ‘हिरो’, माओवादी र राप्रपा भए पत्तासाफ

  • अर्थ सरोकार इलेक्सन ब्यूरो 
काठमाडौँ – काठमाडौँमा १० बर्षपछी एमालेले कम्ब्याक गरेको छ भने माओवादी र राप्रपा पत्तासाफ भएका छन् । माओवादीले जित्ने आँकलन गरेका तारकेश्वर, टोखा, शंखरापुर, बूढानीलकण्ठ जस्ता नगरपालिकामासमेत माओवादी ‘विचरा’ को पात्र हुँदा राप्रपापनि काठमाडौँका जनताले पत्याएनन् ।
०६४ सालको निर्वाचनमा शून्य सीटमा सीमित भएको एमाले ०७० को संविधानसभा चुनावमा आउँदा १० मध्ये २ सीटमा बिजयी भएको थियो । यसपालीको चुनाव एमालेलाई निकै फापेको छ ।यसपटक एमालेको राम्रो ‘कमब्याक’ भएको छ । इतिहास पल्टाउने हो भने विसं. ०४८ देखि ०५६ सम्मको निर्वाचनमा काठमाडौंमा एकलौटी बर्चश्व कायम गरेको एमालेले ०६४ पछि काठमाडौं गुमाएको थियो । ठीक १० वर्षपछि एमालेले गुमेको काठमाडौं फिर्ता गर्ने गरीको प्रगति हासील गरेको छ । 
काठमाडौँमा राप्रपा त पत्तासाफ नै भयो । उसको नाम निशान नै नभएजस्तो भान गरे काठमाडौँबासीले । कांग्रेसले समेत राम्रो मत ल्याउन नसक्दा एमाले काठमाडौँमा ‘हिर्प’ भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: