×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शेरबहादुरको शैली मन नपरेको भन्दै गगनका कान्छा मामा कांग्रेस छाडेर बने एमालेको उम्मेदवार !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ जेष्ठ २०७४, शनिबार

PRIME CA
laxmi sunrise bank

शेरबहादुरको शैली मन नपरेको भन्दै गगनका कान्छा मामा कांग्रेस छाडेर बने एमालेको उम्मेदवार !

सोलुखुम्बु – स्वास्थ्य मन्त्री गगन थापाका कान्छा मामा दोस्रो चरणको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका छन् । गगन थापाका कान्छा मामा मोहनकृष्ण बस्नेत कांग्रेस परित्याग गरेर एमालेबाट दूधकौशिका गाउँपालिका वडा नम्बर २ को वडा सदस्य उम्मेदवार बनेका हुन् ।
शुक्रबार आयोजित उम्मेदारी घोषणा कार्यक्रमबाटै बस्नेतले आफू एमाले प्रवेशको घोषणा गरे । काङ्ग्रेस सभापति शेरवहादुर देउवाको शैली चित्त नबुझेर एमाले प्रवेश गरेको बताए । परिवारका सबै सदस्य कांग्रेस भए पनि अहिले कांग्रेसको नीतिहीनताबाट निराशा छाएर बसेको उनले बताए।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: