×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शेरबहादुर यसरी हुँदैछन् ‘जिल्लाराम’ ! एमालेसँग समीकरण गर्ने माओवादीको भित्री तयारी, बामदेव गौतमलाई प्रधानमन्त्री बनाइंदै

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ जेष्ठ २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

शेरबहादुर यसरी हुँदैछन् ‘जिल्लाराम’ ! एमालेसँग समीकरण गर्ने माओवादीको भित्री तयारी, बामदेव गौतमलाई प्रधानमन्त्री बनाइंदै

  • अर्थ सरोकार पोलिटिकल ब्यूरो 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठ ८ गते राजीनामा दिंदैछन् । उनको राजीनामासँगै अव को प्रधानमन्त्री हुने भन्ने चर्चापनि चलेको छ । यसअघिको सहमतिअनुसार शेरबहादुर देउवा प्रधानमन्त्री हुने भन्ने धेरैको अनुमान छ । तर माओवादी केन्द्रले नेकपा एमालेसँग समीकरण गरेर पुन: एमालेको नेतृत्वमा सरकारमा जाने भित्री तयारी गरेको खुलासा भएको छ ।     
माओवादी केन्द्रको एक उच्च स्रोतले दिएको जानकारी अनुसार नेकपा एमाले र माओवादी केन्द्रबीच यहि कुरामा पटकपटक वार्ता भइरहेको छ । यो बीचमा मधेशी मोर्चालाई पनि सँगै ल्याउने, राप्रपा लगायत केहि साना दललाई पनि सरकारमा ल्याउने, बिजय कुमार गक्षदारलाई पुन: मन्त्री बनाउने र अंक गणीतीय हिसावले बहुमतको सरकार बनाउने माओवादी केन्द्र र एमालेको तयारी छ ।
कांग्रेस प्रतिपक्षमा 
सरसर्ती पछिल्लो राजनीतिक अवस्था, र माओवादी- एमालेले गरेको ‘प्लान’ हेर्ने हो भने कांग्रेस अव प्रतिपक्षमा बस्नेछ । ‘सेर बहादुर देउवालाई ‘लोप्पा’ खुवाएर यस्तो समीकरण हुँदैछ भन्ने हामीले पनि सुनेका छौँ। ‘ एक कांग्रेसी नेताले भने, ‘यदी यस्तो भयो भने हामी त प्रतिपक्षमा बस्छौं नै, माओवादी केन्द्रको अस्तित्व सकिन्छ ।’ उनका अनुसार एमाले नेता बामदेव गौतमलाई प्रधानमन्त्री बनाएर एमालेको नेतृत्वमा माओवादी केन्द्रपनि सरकारमा जाने भन्ने चर्चा चल्न थालेपछी यहि विषयमा सेरबहादुर देउवा र प्रचण्डबीच पटक पटक भेटघाट र कुराकानी भइसकेको छ । प्रचण्डले यस्तो नहुने र आफुले राजीनामा दिएपछी सेरबहादुर देउवा नै प्रधानमन्त्री हुने आश्वासन दिइरहेको भएपनि नेकपा एमालेसँग सरकार समीकरणका बारेमा कुराकानी भइरहेको छ ।       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: