×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजर्षि गुरुकुलको ‘लुट’, नानाथरी शीर्षक बनाउँदै २ लाख ३० हजारसम्म शुल्क लिएको खुलासा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० बैशाख २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

राजर्षि गुरुकुलको ‘लुट’, नानाथरी शीर्षक बनाउँदै २ लाख ३० हजारसम्म शुल्क लिएको खुलासा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – भक्तपुरको राजर्षि गुरुकुलले नियमविपरित शुल्क उठाउने गरेको खुलासा भएको छ । शिक्षा विभागको अनुगमन टोलीलले अनुगमनका क्रममा राजर्षिले भर्नाका नाममा लुट मच्चाएको रहस्य खुलेको हो । मासिक शुल्क, अन्य शुल्क, खाना शुल्क, अतिरिक्त क्रियाकलाप शुल्क, ल्याब शुल्क, स्टेशनरी, आइटी, ट्रान्सपोटेशन लगायतका शीर्षकमा नियमविपरित शुल्क उठाई विद्यालयले लुट मच्चाउने गरेको खुलासा भएको हो । 
शिक्षा विभागको निर्देशिकामा माविमा ३ हजार ६ सय बढी शुल्क लिन नपाउने ब्यवस्था भएपनि विद्यालयले विना रसिद अभिभावकबाट भर्नाका नाममा ५० हजार देखि २ लाख ३० हजारसम्म शुल्क असुलेको समेत खुलासा भएको छ । विभागको शैक्षिक गुणस्तर परीक्षण शाखाका देवीराम अर्यालको नेतृत्वमा गएको तीन जनाको अनुगमन टोलीको अनुगमनबाट राजर्षिले विद्यार्थीबाट लुट मच्चाइरहेको खुलेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: