×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा सेयर बजार सम्बन्धी तालिम सम्पन्न !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ असार २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

चितवनमा सेयर बजार सम्बन्धी तालिम सम्पन्न !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – क्यापिटल प्लसले यहि असार ३ गते शनिवारका दिन चितवनमा एकदिने शेयर तालिम संचालन गरेको छ । तालिम चितवनस्थित रेड कार्पेटमा सम्पन्न भएको थियो ।  ५२ सहभागी  रहेको उक्त तालिम बिहान १० बजे बाट सुरुभई करिब ४ बजे सम्म चलेको थियो । तालिम दिलिप मुनारकर्मी, ज्योति दाहाल र सन्तोष राज बजगाईले  संचालन गरेका थिए  ।
तालिममा शेयर बजारको आधारभूत पक्षहरु, शेयर बजारलाई प्रवाह पार्ने कुराहरु र शेयर बजारका कानुनी पक्षको बारेमा चर्चा गरिएको थियो । ‘चितवनलाई लक्षित गरि अन्य धेरै कार्यक्रम संचालन गर्ने छौ , यो कार्यक्रमबात थप हौसला मिलेको छ ‘ कार्यक्रम संचालक कमल पौडेल र सन्तोष क्षेत्रीले अर्थ सरोकारडटकमसँग भने । 
तालिममा थ्री एस इन्भेस्टमेन्टले  प्राविधिक सहयोग गरेको थियो र अर्थसरोकार डटकम मीडियापार्टनरको रुपमा प्रस्तुत भएको थियो  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: