×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विहानी अपडेट : धनगढी उपमहानगरमा पनि काँग्रेसको अग्रता, एमाले तेस्रो र माओवादी पछिपछि..

PRIME CA
laxmi sunrise bank

विहानी अपडेट : धनगढी उपमहानगरमा पनि काँग्रेसको अग्रता, एमाले तेस्रो र माओवादी पछिपछि..

अर्थ सरोकार

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार

प्रदेश नं. ७ नम्बर प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । 
साँझसम्म ९०० मत गणनामा धनगढी उपमहानगरको प्रमुखमा काँग्रेसका नृप ओडले ३३४ मत र उपप्रमुख सुशीला मिश्र भट्टले ३६५मत पाउएका छन् । 
उनलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले २८९ मतका साथ पछ्याइ रहहेका छन । नेकपा (एमाले) का प्रमुखका प्रत्यासी दुर्गा जोशीले ६९ र उपप्रमुख रुक्मीणी देवकोटा १५४मत पाएका छन् । 
नेकपा (माओवादी केन्द्र) का प्रमुखका प्रत्यासी रामसमझ राना थारुले ६२ र उपप्रमुख शान्ति अधिकारी क्षेत्रीले १२९ मत पाएकाे मुख्य निर्वाचन अधिकृत धनसिं महराले बताए । 
पछिल्लो परिणाम अनुसार घोडाघोडी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका लक्ष्मण चौधरीले ४६१ र उपप्रमुखमा ममता चलाउनेले ४३०मत पाएका न् । उनिहरु दुवै जनालाई प्रमुखमा कांगे्रसकी रीता चौधरीले ३०८र उपप्रमुखमा हेम बमले २५६मतले पछ्याइरहेकी छिन । 
यसैगरी कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका लौटन चौधरीले एक हजार ३० र उप प्रमुखमा स्वदेशनी चौधरीले ९८०, एमालेका प्रमुख तपेन्द्र रावलले ५२४ र उपप्रमुख कमला केसीले ४८२ र काँग्रेसका प्रमुखका उम्मेदवार जङ्गबहादुर साउँदले ५२२ र उपप्रमुख केशरी विष्टले ४७५ मत पाएका छन् । कैलालीमा १३ स्थानीय तह छन् । 
अन्य तहको परिणाम 
१) लम्की चुहा नपा : 
काग्रेस – प्रमुख : भक्तबहादुर थापा २१७ : उपप्रमुख : धनादेवी डगौरा थारु १९१ 
एमाले – प्रमुख : महादेव बझगाई १७१÷उपप्रमुख : टीका थापा १८६ 
नेकपा माओवादी केन्द्र – प्रमुख : दलबहादुर विष्ट१३७÷उपप्रमुख : धना चौधरी १२७
२) भजनी न.पा.
नेका – प्रमुख : वीरबहादुर हमाल २२२÷उपप्रमुख : भारती चौधरी २३२ 
नेकपा माओवादी केन्द्र – प्रमुखः शेरबहादुर चौधरी ५०२÷उपप्रमुख : छाँया देवकोटा ४८६ 
नेपाल लोकतान्त्रिक फोराम – प्रमुख : केवल चौधरी ७४४÷उपप्रमुख : धनवसी चौधरी ५७३ 
३) गौरीगङ्गा नपा
नेका – प्रमुख : दिनेश जोशी १२८÷उपप्रमुख :मेनका जोशी १३७ 
माओवादी – प्रमुख देवीदत्त कँडेल ३४८÷उपप्रमुख : करुणा चौधरी ३५० 
एमाले – प्रमुखः भीम देउवा २३५÷उपप्रमुख : अञ्चला चौधरी २४४ 
४) गोदावरी न.पा. 
नेका – प्रमुखः बिरेन्द्र भट्ट ७०९ 
एमाले – प्रमुख : हरिसिंह साउद५४५ 
माओवादी – प्रमुख : गोकर्ण भट्ट३८६
५) वर्दगोरिया गा.पा.
नेका – अध्यक्ष : बलिराम चौधरी २४५ 
एमाले – अध्यक्ष : कर्ण कुवर ४३८ 
माओवादी – अध्यक्ष : गणेश राज गिरी ४७५
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: