×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तलव नबढेपछी ट्राफिक प्रहरी कमाउ धन्दामा ! यस्तो छ २०० रुपैयाँ जरिवानाको नियमपछाडीको रहस्य !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० जेष्ठ २०७४, शनिबार

PRIME CA
laxmi sunrise bank

तलव नबढेपछी ट्राफिक प्रहरी कमाउ धन्दामा ! यस्तो छ २०० रुपैयाँ जरिवानाको नियमपछाडीको रहस्य !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – जथाभावी बाटो काट्नेहरुलाई ट्राफिक प्रहरीले कारवाही थालेको छ । नियम लागु भएको पहिलो दिन नै  ट्राफिक नियमविपरीत बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रु आज एक दिन कारबाहीमा परेका छन् । जथाभावी बाटो काट्नेलाइ प्रहरीले नियन्त्रणमा लिएर जरिवाना गरिरहेको छ भने जरिवाना गर्न नसक्नेलाई ३ घण्टा थुन्ने काम गरिरहेको छ । सबैलाई थुन्ने नियम ल्याएको भए यो नियम अझै राम्रोसँग लागु हुन सक्थ्यो भन्ने विस्लेषण गर्नेहरु पनि छन् । पैसासँग नियम साट्न नमिल्ने तर्क केहिको छ । तर यो नियम ट्राफिक नियमको व्यवस्थापन गर्न भन्दापनि प्रहरीको तलव नबढेपछी थप पैसा कमाउनका लागि ल्याइएको खुलासा भएको छ ।

यस्तो छ नियमभित्रको अर्को रहस्य !
विवादित विषय भएकाले आफ्नो नाम नबताउने सर्तमा ट्राफिक प्रहरीका एक उच्च अधिकारीले ट्राफिक प्रहरीलाइ प्रोत्साहन दिनका लागि यस्तो नियम ल्याईएको खुलासा गरेका छन् ।’प्रहरीको तलव बढेन । दिनभर यो गर्मीमा धुलो-धुवाँमा बस्नुपर्छ । काम गर्न निकै गाह्रो भयो भन्ने गुनासोपनि आयो । त्यहि भएर कमाइपनि हुने नियमपनि कडा हुने भएकाले यस्तो नियम ल्याइएको हो । उनले भने । उनका अनुसार कारवाहीबाट आएको राजश्वमध्ये २५% रकम समन्धित प्रहरीले नै पाउने गरेका छन्  ।  यहि नियमका कारणपनि प्रहरीको कारवाही निकै द्रुत ढंगमा अगाडी बढेको छ ।           
ट्राफिक प्रहरी महाशाखाका प्रमुख नायब महानिरीक्षक मिङ्मार लामालेले दिएको जानकारी अनुसार पहिलो दिननै कारबाहीमा परेकामध्ये दुई हजार १२० जनाले रु २०० का दरले जरिवाना तिरे भने बाँकी एक हजार २२८ जनाले ट्राफिक प्रहरीले दिने जनचेतना कक्षामा सहभागी भएका छन् । पैसा नहुनेहरु थुनिन बाध्य छन् । पैसा हुनेहरु पैसा तिरेर उम्कीरहेका छन् ।   पहिलो दिनमात्रै यसरी कारबाहीमा परेकाबाट रु चार लाख २४ हजारभन्दा बढी रकम राजस्वमा जम्मा भएको छ ।
अव उपत्यकाभर !
यो नियम उपत्यकाभर कडाइका साथ् लागु गर्ने प्रहरीको तयारी छ । यो नियम लागु भएपछि एकातर्फ जरिवाना जसरी पनि तिराएर आफु मोटाउने प्रवृति हावी भएको छ भने अर्कोतर्फ सम्भावित अरु दुर्घटनाहरुप्रति प्रहरीको चासो नहुँदा थप दुर्घटना हुने देखिन्छ । यस विषयमा सम्बन्धित सबैको ध्यान जान जरुरी छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: