×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शनिबारको दिन कमाउन सिकौं ! मेकडोनाल्ड्स फुड क्याफेमा हुँदैछ सेयर बजारसम्बन्धि तालिम !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ जेष्ठ २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

शनिबारको दिन कमाउन सिकौं ! मेकडोनाल्ड्स फुड क्याफेमा हुँदैछ सेयर बजारसम्बन्धि तालिम !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – शुभलक्ष्मी सामुहिक लगानी प्रालिको आयोजनामा एकदिने सेयर तालिम हुने भएको छ । उक्त तालिम मध्यबानेश्वरस्थित ‘मेकडोनाल्ड्स फुड क्याफे’मा हुने आयोजकले बताएको छ ।उक्त तालिम जेष्ठ २० गते शनिबारको दिन आयोजना हुने बताइएको छ । एकदिने सेयर तालिममा सेयरबजारका आधारभुत पक्षहरु, बजारलाई प्रभाव पार्ने कुराहरु लगायतका विषयमा चर्चा हुनेछ भने विभिन्न कम्पनीका सेयरका बारेमा जानकारी गराईने आयोजकको भनाइ छ ।
तालिममा धितोपत्र डटकमका तर्फबाट कृष्ण गिरी, बस्याल एन्ड कम्पनीका तर्फबाट हेमन्त बस्याल , थ्रीएस इन्भेस्टमेन्टको तर्फबाट सन्तोष राज बजगाई र मेरोलगानीको तर्फबाट योगेस दारुका रहेका छन् । त्यस्तै बजारको बारेमा आफ्ना अनुभव प्रस्तुत गर्न दिलिप मुनर्कर्मी र ज्योति दाहाल कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ ।
एकदिने कार्यक्रमलाई थ्री एस ईन्भेस्टले प्रविधिक सहयोग गरेको छ । ‘शुभलक्ष्मी प्रालिको आयोजनामा भएको यस तालिममा प्राविधिक सहयोग गर्न पाएकोमा हामी खुशी छौं । आगामी दिनमा यस्ता कार्यक्रममा हामी नि:शुल्क प्राविधिक सहयोग गर्न तयार छौं ।’ ,थ्री एसका सिईयोले सन्तोष राज बजगाईले अर्थसरोकर डटकमसँग भने । कार्यक्रममा सहभागी हुन ९८६०१०५०९७ मा सिदा संपर्क गर्न सकिनेसमेत बजगाईंले जानकारी दिए ।
स्मरण रोहोस कार्यक्रममा अर्थ सरोकार डटकम र रेडियो कान्तिपुर मिडिया पार्टनरको रुपमा रहनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: