×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजधानीमा पेट्रोलियम पदार्थको अभाव हुने छैन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ श्रावण २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

राजधानीमा पेट्रोलियम पदार्थको अभाव हुने छैन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – पेट्रोलियम व्यावसायीहरु र पेट्रोलियम आर्पुतिकर्ता बिच केहि समस्या भइरहेको र लगातारको बर्षापछि आएको बाढी र पहिरोका कारण राजधानीसँगको सडक सम्पर्क बिच्छेद भएपछि राजधानीमा पेट्रोलियम पदार्थको अभाव हुन्छ भन्ने सोचले पेट्रोलको लाइनमा मान्छेहरु बस्ने गरेका छन् । तर आयल निगम स्रोतले भन्यो – राजधानीमा पेट्रोलियम पदार्थको अभाव हुने छैन ।

अत्यावश्यक वस्तुको आयात प्रभावित भएपनि पेट्रोलियम पदार्थको मौज्दात पर्याप्त भएकोले राजधानी लगायत देशैभर पेट्रोलियम पदार्थको अभाव नहुने आयल निगम स्रोतले जनाएको छ । काठमाडौंमा २७ सय किलोलिटर पेट्रोल र ५५ सय किलोलिटर डिजेल मौज्दात रहेको छ। यो क्षमताले दुईदेखि तीन दिनसम्म धान्ने निगमले जनाएको छ । 
निगम स्रोतले भन्यो – पूर्वी तराईमा बाटो र पूल धेरै भत्केको भएपनि रक्सौलबाट आउने बाटोमा धेरै समस्या आएको छैन । मुग्लिन-नारायणगढ सडकखण्डको पहिरो हटाउन दुई-तीन दिनभन्दा बढी समय लाग्दैन होला । तेल भरिएका ट्याङ्कर बाटोमा भएकोले बाटो खुल्ने बित्तिकै आपूर्तिमा समस्या नहुने स्रोतको दावी छ । अहिले देशभर सबै खाले पेट्रोलियम पदार्थ गरी ५१ हजार किलोलिटर मौज्दात छ। 
जम्मा ७० हजार किलोलिटर भण्डारन क्षमता भएको निगमसँग ५१ हजार किलोलिटर मौज्दात रहनु राम्रो परिमाण हो। यसले ४/५ दिन पुग्ने क्षमता राख्ने निगमका कर्मचारी बताउँछन् । त्यतिन्जेलसम्म पानी पर्न रोकिएर बाटो बनिसकेपछि ढुवानीमा समस्या नहुने भएकाले पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने निगम स्रोतले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: