×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाबुरामजी, भारतीय डिजाइनमा चल्ने तपाई ‘महा-राष्ट्रघाती’ हो !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ श्रावण २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

बाबुरामजी, भारतीय डिजाइनमा चल्ने तपाई ‘महा-राष्ट्रघाती’ हो !

  • प्रताप शर्मा
विचारा महाशय तपाई झुक्किनुुभयो किनकि झुक्किने तपाईहरुको आदत बसेको छ । साँच्चै विकासको एजेन्डामा तपाईहरु झुक्किनुहुन्छ र झुकिन्ने तपाईको आदत जस्तै बन्दछ । राष्ट्रिय सोच, राजनैतिक स्थितरता, राजनैतिक एकता, नेतृत्वको दृढ इच्छाशत्ति, सबल र स्वतन्त्र सञ्चार माध्यम, स्वतन्त्र र राज्य नियन्त्रित प्रशासन, बजेट विनियोजना कार्यलयको चुस्त दुस्त र पारदेशी कार्यशैली, कानूनको शासन बिना राजनैतिक रुपमा समृद्ध नेपालको निर्माण हुन सक्दैन । अरुलाई लुट्ने ठग्ने र झुक्काउने हामी तेस्रो विश्कका राष्ट्रहरुको राजनैतिक आदत नै हो तर महाशयले तपाई विकास विकास भनिरहदा आफै झुक्किरहेको त त होइन ? ख्याल गर्नुस वाढीमा वगाएको यादनै हुदैन । 
सोच्नुस,ढिला हुदैछ किनकी निभ्न लागेको दीप अन्तिम प्रहरमा चहकिलो भएको त होइन र? भोकमरी,गरिवी, भष्ट्रचारमा रुमल्लिएको नेपाली परिवेशलाई पार लगाउने इतिहासको निर्माण गर्नुभएको छ त र? तपाई कुशल संगठक वन्न सकेको भए आज जस्तो भगौडा होइन धेरै पहिले नै तपाई राजनीति भित्र विकाशमुखी नीति गाभ्न सक्नुहुन्थ्यो तर पद प्रतिष्ठा र मोहको राजनीति तपाईवाट शुरु भयो कि भएन, के जवाफ दिन सकिन्छ ?
जुन राजनैतिक संस्कारवाट तपाई विकाशित हुनुहुन्थ्यो, त्यो संस्कारलाई गलत भनिरहदा के त्यतिवेला तपाईका मगजमा साँचो लगाएको थियो ? के त्यो पूर्ण गलत नै थियो वा आजको  सन्दर्भमा परिमार्जन र पुर्नव्याख्या जरुरी हो । बहसको सवाल र विषयवस्तुु यहाँ नेर खडा छ ।
विज्ञानका अनुसार कुनै एउटा क्रियाकलाप निरन्तर २४ औ दिन सम्म गर्नुहुन्छ भने त्यो तपाईको आदत बन्दछ  । २५ औ वर्षसम्म तपाईले सिकेको संस्कारलाई तपाई आफैले कसरी परिवर्तित गर्न सक्नुहुन्छ । त्यो तपाईको अग्नि परीक्षाको चरण हो । नयाँ त्यसै हुदैन, नयाँ हुने कुरा समय अनुसार विकसीत हुने हो ।
नेपालकै सन्दर्भमा व्यक्तिगत महत्वकाक्षा र सन्क्रिण मनस्थितीका कारण पाटीहरु चोइटिएका छन । के गुट फुट र टुट्ने प्रवृतिले विकाशमुखी राजनीतिमा गति प्रदान गर्ला त र? मेरो प्रश्न यहाँ हो । पाटीहरुमा अराजक शैली विकशीत हुदा सत्ताको लोभ र विमेल कै कारण जातियतावादी र क्षेत्रीयतावादी संगठनहरुको जन्म भयो । यसको श्रेय महाशयले लिने या नलिने राजनीति समाज सेवा भन्दा वढी कमाउ धन्दामा परिणत गर्नेहरु आफुहरु नै हो भनेर किन प्रमाणित नगर्ने र?
सत्ताकै लागि घोविघाट गठवन्धन एउटा महाशयको गभ्भीर गल्ती भयो । महाशयको नाममा रहेको शाख एक पछि अर्को गर्दै घट्दै गएको कुरा महाय आफैलाई अवगत नै होला । कुवामा हुर्केको भ्यागुताले कुवालाईनै संसार देख्दछ सर महाशय दुनियावाट कुवा देखि समुन्द्रको मार्ग खुलाउने आशा थियो तर तपाई आफै अर्को कुवा निर्माणमा लाग्नुभयो अव त्यो कुवा कहिले निर्माण हुने र कहिले समुन्द्रको गन्तव्य प्रशस्त हुने ,यो विषय अपत्यारिलो र असहज छ । कतै तपाई झुक्किरहनु भएको त छैन ? कहिले काही भ्रमले सत्यतालाई ढाँकिदिन्छ र भ्रम नै सत्यता वन्दछ सायद राजनीति नै यही हो कि महाशय तपाई सत्ताको नेतृत्व पनि गरिसक्नुभयो । तपाई त बुझिहाल्नुहुन्छ सर पर्दाफास गर्न निकम्मा पो बन्नुहुन्छ । 
समुन्द्रको भुमरीवाट महाशयले उदयको कुरा गर्नुहुन्छ सर महाशय समुन्द्रको छालसंगै वेगमा पौडी खेल्नुपर्ने अवस्थामा भुमरीमा रहन दुःखको कुरा यहाँ छ । पाटीहरु कमजोर हुदा राजनैतिक निर्णय कमजोर हुन्छ र राज्य मिरिह र असक्षम वन्दछ । राष्ट्रिय सुरक्षाा कमजोर भइरहेको अवस्थामा विदेशी राष्ट्रको हस्तक्षेपमुखी नीति स्वीकार्न कतै तपाईको वर्हिगमनको कदम र भारतीय डिजाइनले सहजताको वाटो निर्माण गरेको त छैन ? यो आजको वामपन्थी वृतमा वहसको विषय वनेको छ । आफैले संविधान निर्माण गरेर यो संविधान अपूर्ण छ भन्ने त्यो कुन राजनैतिक नैतिकता हो । माहाशय, प्रष्ट पार्नुस त । 
सहज हुदा सवै सहज देख्न र असहज हुदा सम्पुर्ण असहज देख्ने आत्म केन्द्रित व्यक्तिवादी, जङसुत्रवादी, परिवारवादी र भारतीय एजेन्डाको मुल जड तपाई आफै स्वयंम हो या होइन ? नाकावन्दीले देश संकटमा फसेको वेला संविधानको विरोध गर्दे पाटी परित्याग गर्ने तपाईलाई भारतीय एजेण्डाको रुपमा स्पष्ट गर्न किन नमिल्ने र ? एक ढिक्का पाटीमा कुचिन्तन कुतर्क र कुसंस्कार विजारोपण गर्ने तपाई कुन आधारमा क्रान्तिको वफादार सिपाही जवाफ दिन सकिन्छ कि ? तपाई सच्चा भए केन्द्रिय राजनीतिकमा हुने घिन लाग्दा खेलहरु खुलाशा गर्न किन असफल रहनुभयो ? 
तपाईको ऐजेण्डा सही हुन सक्छ तर गलत वाटो यात्रा गर्दा गन्तव्यमा पुग्न कठिन छ । तपाईमा त्यो संस्कारको आदत परीसकेको छ र त्यो वाट मुक्त हुन कठिन मात्र होइन असहज पनि छ । कार्लमास्क जस्ता दार्शनिकले कम्युनिष्ट मेनिफेष्टो त लेखे तर उनीवाट क्रान्तिको नेतृत्वदायी भुमिका भएन । आजको सवालमा महाशय तपाई दार्शनिकको वाटोवाट कसरी विकाशवादको आधार निर्माण गर्नुहुन्छ ,त्यो अपत्यारिलो विषय हो । यो देखको वागडोर सम्हालेर बस्दा नसकेको काम अव सडकवाट कसरी पुरा हुन्छ ?उच्च वर्ग र मध्यम वर्गलाई समेटेर कसरी परिवर्तनको आभाष हुन्छ ? विश्वमा भए गरेका परिवर्तन मध्यम र निम्न वर्ग कै वलजोडमा भएका छन र मध्यमको निर्णायक शक्ति वन्ने गरेको तथ्य अनुसन्धान वाट नै खुलेको छ । 
समाजका हरेक भौतिक संरचनाहरुको विकाशले नै विश्वव्यापीकरण र आधुनिकताको पदचायलाई पछ्याइरहेको सवालमा सामाजिक विकाश ने प्रमुख आधार हुने गर्दछ । नेपालकै सन्दर्भमा राजनैतिक विकाशको चरण हिसावमा पुर्ण भएको छ र अव सामाजिक विकाशको चरणमा रहेको यर्थाथता हो । विचार माने कुरा सामाजिक विकाशसंग जोडिएर निर्मित हुने गर्दछ । ढुङगे युुगको राजनैतीक सामन्ती राजनैतिक कृषि यगको राजनीति समाज अनुसार निर्मित हुने गर्दछ । हामी विधेवस पश्चात पुननिर्माणको वहस गर्दछौ । तर किन पुर्ननिर्माण सहितको विधवसको चर्चा गर्न सक्दैनौ । महाशयको बहिर्गमन आफैमा शंकास्पद र हास्यपद छ । महाशयका डिजाइनमा कमजोरी होइन तर जुन विधि र डेगमा चल्नभयो त्यो निर्माण राजनैतिक रुपमा सही र गतिशिल छैन । महत्वकाक्षा क्रोध र आवेगका भरको निर्माण दर्गामी हुन सक्दैन । महाशयले म राजनैतिक रुपमा थकान महशुस गरे भनेर फेरी विदा लिनभयो भने आश्चयै नमान्दा हुन्छ । 
तपाई पपुलिष्ट आन्दोलनमा हुनुहुन्छ जसले चर्चाको शिखर चुम्दछ अनगीन्ती सपना वाँड्दछ र अन्तिममा वितृष्णा,निराश र कुठारको सागर निर्माण गर्दछ । त्यसैले सजक रहनुस । झोला तिनले वोक्छन जो अवझ छन तर आज राजनैतिक रुपमा सवैमा सझ वझ पलाएको छ र कृपया महाशय विकासवादको ढोङ्ग तपाईवाट पुर्ण हुदैन यो ठोकुवा हो । चरण निराशावाट उद्घाटित तपाईको राजनैतिक यात्राले सहज वाटो कसरी लिन्छ ? हजारौ कार्यकतालाई उत्पादनका श्रोतहरुमा समावेश गर्दै आन्तरीक उत्पादन र विकास शीप आर्जन र जीवी उद्यमशीलता र व्यक्तित्व विकासमा जोड दिन सकेको भए आजको अवस्थामा निरन्तर चोडदिने अवस्था हुदैनथ्यो । चाल्र्स डार्विनले वाच्नका लागि संर्घष हुन्छ भन्ने सिद्धान्त प्रतिपादन गरेका छन । साच्चै महाशय अभावले राजनीतिकको स्वरुप निर्माण गर्दछ । तत्कालिन विकास परिवेशमा विकशिल विश्व र पछ्यौटे समाजका वीच संघर्ष कायम छ । समाजमा हुने संघर्ष वर्गीय रुपमा मात्र नभएको आजको यर्थाथ हो । 
पानीको मुल फोहोर भएपछि मुन नै फोहोर हुन्छ । तर तपाई मुल छोडेर किनारा आउनभयो त्यसैले कुनै विकास गदैन त्यो सत्यता हो । अवको राजनीति विकासवाद हो त्यसमा टिप्पणी होइन तर विधमा वसेर छालको अनभव हुदैन । जव सम्म व्यक्तिगत स्वार्थलाई सिताञ्जली दिन सकिदैन तवसम्म विकास हुन सक्दैन । महाशयले भाषणमा एकचोटी भन्नभयो । अवको समय राष्ट्रसंग मजदुरी कायम गर्नुपर्ने । के महाशयले ३ दशकको आफ्नो राजनैतिक यात्रा व्यक्तिगत स्वार्थकै लागि समर्पण गर्नुभएको थियो त ? छिमेकी राष्ट्रसंग मजदुरी कायम गर्नुपर्छ भन्ने कुननैतिक सोच महाशयमा विधमान छ या छैन महाशय भन्नुहुन्छ कहिले हिमपर्वतहरुको संरक्षण गर्ने दायित्व भारत को हो । यस्ता निर्लज्ज र वेलुकका कुराले माहाशय कसरी राष्ट्रवादी अन्तरदेशीयर कुटनैतिक शक्ति सन्तुलनलाई व्यवसायी वनाउने हो या भाड्ने । 
महासय ज्ञान होस सवैभन्दा ठुलो राष्ट्रले विदेशी हस्तक्षेप किमाव्य स्वीकार्न सक्दैन । राष्ट्र नै रहेन भने म तिमि रहन्छौ न तिम्रो नक्कली राष्ट्रवाद देश विखण्डनमा लागेका विखण्डनकारीहरु संगैको गोप्य भेट तपाईको राजनैनित इतिहासमा सवै भन्दा महङ्गो साविक हुनेछ । राष्ट्रिय मेलमिलाप आपसी समझदारी र सामाजिक परिवर्तन आजको आवश्यकता हो । राष्ट्रियता कसैको भोटो होइन र कसैको याङ्गना होइन । महाशय विदेश हस्तक्षेपलाई केन्द्रिय राजनीतिमा वढुवा दिने काम नहोस यसैमा देशको भलाई छ तर किमार्थ राष्ट्रियता अखण्डता र सार्वभौमिकतामा खेल्ने कुरा सैह्य हुन सक्दैन । देश दोहमा लाग्यो भने तिम्रो अस्तित्वको शन्यता मिति आफै बुझ्नेछौ । 
अन्तमा विश्व विकसित धुव्रिकृत र वेगमा दौडिरहेको छ । हामी विकसित राष्ट्रलाई पछ्याउने क्रममा छौ र त्यही अनुसार हाम्रो समाज परिवर्तन कै दिशामा छ । विकासकै नाउमा हामी राष्ट्रियता सांट्ने काम कदापी गर्न सक्दैनौ हामी पराधीन छौ । यसको अर्थ यो होइनकी ? नेपाली सहनशील र धैर्यवान छन , धैर्यताको वाध टुट्छ र इतिहास फेरीदै जान्छ । तेस्रो विश्वका राष्ट्रहरु निरन्तर थिचो मिचो र दमनमा परी रहेका हुन्छन । राष्ट्रियतालाई सवल कसरी वनाउन सकिन्छ । सोच्नुपर्ने विषय यहानेर हो । प्रकृतिको स्रोत र साधनहरुमा धनी हाम्रो राष्ट्रले संभावना माथि लगानी गर्दे निर्यात केन्द्रीत उत्पादन र सार्वजनीक महत्वका विषयमा राष्ट्रिय सचेत लगानी आजको आवश्यकता हो । 
महाशय, तपाई जुन भारतीय डिजाईनमा कदम चाली रहनुभएको छ । त्यो राष्ट्रवादी कदम होइन र राजनैतीक सस्कार पनि होइन । वैचारिक स्खलनवाट उम्कदै द्धैष, आवेग,महत्वकाक्षालाई तिलन्जली दिदै सचेतता, राष्ट्र प्रेमवाट उत्प्रेरीत हुदै समजकल्याणका निम्ति डेगहरु चलुन । घर भत्कीदै छ भनेर डराउने होइन,मर्मत सम्भार गर्दै पुनः त्यहीवाट नयाँ खोज्ने वुद्धि पलाओस् यही शुूभकामना ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: