×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सत्यनारायण मण्डलले भने – काँग्रेससंग तालमेल नगर्ने बरु आवश्यकता परे राजपासंग मिल्न तयार

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० श्रावण २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सत्यनारायण मण्डलले भने – काँग्रेससंग तालमेल नगर्ने बरु आवश्यकता परे राजपासंग मिल्न तयार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  – प्रदेश नम्बर २ मा स्थानीय चुनाव भइरहेको छ । काँग्रेसले माओवादीलाई गरेको सहयोग र तालमेलअरु विपक्षलाई चित्त बुझेको छैन । चुनाबको माहोल चलिरहेकै बेला एमाले प्रदेश नम्बर २ संयोजक सत्यनारायण मण्डलले भने – एमाले कांग्रेससँग कुनै हालतमा नमिल्ने, बरु नयाँ शक्तिसँग मिल्न तयार भएको बताएका छन् । निर्वाचनमा कांग्रेसबाहेकका दलसँग तालमेलका लागि खुला रहने लचिलो नीति अख्तियार गरेको छ ।
आठ जिल्लाका १२७ तहमा असोज  २ गते  हुने निर्वाचनमा मुख्य प्रतिस्पर्धी कांग्रेस देखिएको विश्लेषण गर्दै एमालेले सो पार्टीबाहेकका जुनसुकै दलसँग तालमेल गर्ने निर्णय गरिएको हो । कांग्रेसबाहेकअरु जुनसुकै दल संग भए पनि तालमेल गरिन्छ तर काँग्रेस दल संग भने कुनै हालतमा नमिल्ने बताएका छन् । बरु चुनाव कै समयमा राजपाले चुनावमा भाग लिग्यो भने र सहयोगको जरुरत परे त्यसलाई मिल्न तक्यार भएको बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: