×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नो कर्तुत सार्वजनिक गर्ने अर्थ सरोकारका पत्रकारलाई ‘ठेगान लगाउने’ भन्दै आइक्यानले मिच्यो प्रेस काउन्सिलको क्षेत्राधिकार !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ श्रावण २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

आफ्नो कर्तुत सार्वजनिक गर्ने अर्थ सरोकारका पत्रकारलाई ‘ठेगान लगाउने’ भन्दै आइक्यानले मिच्यो प्रेस काउन्सिलको क्षेत्राधिकार !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आफ्ना कर्तुतहरु सार्वजनिक गर्ने सिए सरोकार डटकम र अर्थ सरोकार डटकमका पत्रकारलाई विद्यार्थीका हैसियतले कारवाही गर्ने भन्दै आइक्यानका तत्कालीन अध्यक्ष प्रकाश लम्सालले जवर्जस्ती प्रेस काउन्सिलको क्षेत्राधिकार हनन हुनेगरी कार्यविधि पास गरेको खुलासा भएको छ ।
विद्यार्थी आचारसंहिताका नाममा समाचार लेखेकै निहुँमा आइक्यानले यसअघि पनि पत्रकारलाई सतर्क गराउने, स्पष्टीकरण सोध्ने लगायतका काम गरेको थियो । अन्तत विद्यार्थी आचारसंहिताका नाममा पत्रकारलाई कारवाही नै गर्ने गरी कार्यविधि बनाइएको फेला परेको छ ।
आइक्यानमा विद्यार्थी रहेका र सक्रिय पत्रकारिता गरिरहेका तत्कालीन समयमा दुइ जना मात्र पत्रकार थिए । तत्कालीन समयमा कान्तिपुर दैनिकमा आवद्ध एक पत्रकार र सिए सरोकार डटकममा आवध्हा एक पत्रकार आइक्यानका विद्यार्थी थिए । 
यसअघि नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) बाट प्रेस काउन्सिलको अडिट ब्यूरो अफ सर्कुलेसन समितिमा सदस्य भएर समेत तत्कालीन अध्यक्ष प्रकाश लम्साल प्रेस काउन्सिलमा पुगेका थिए ।

यो पनि पढ्नुहोस् 

निर्वाचन आयोगले त स्पष्टीकरणमात्र सोध्यो, आइक्यानले त समाचार लेखेको निहुँमा कारवाही नै गर्छ पत्रकारलाई !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – केहि समयअघि एक समाचारको विषयलाई लिएर निर्वाचन आयोगले देशान्तर सपताहिकका सम्पादकलाई स्पष्टीकरण सोध्यो । प्रेस काउन्सिलको क्षेत्राधिकार मिचेको भन्दै यो घटनाको सर्वत्र विरोध पनि भयो । तर धेरैलाई थाहा नहुन सक्छ, नेपालमा अर्को एउटा स्वायत्त निकाय छ जसले नेपालमा लेखा व्यवसायलाई मात्र नियमन गर्दै पत्रकारलाई समाचार लेखेको विषयमा कारवाही पनि गर्छ ।
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले विद्यार्थी आचारसंहितामा संस्थाका पदाधिकारी र कर्मचारी बारे समाचार लेखे आइक्यानका विद्यार्थी रहेका पत्रकारलाई कारवाही गर्ने नियम बनाएको छ । यो नियमलाई संस्थाको काउन्सिलले नै पास गरेको छ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थामा भएको भ्रष्टाचारबारे सिए सरोकार डटकमका सम्पादक सुरज प्याकुरेलले लगातार कलम चलाएपछी संस्थाका तत्कालीन अध्यक्ष प्रकाश लम्सालले समाचार लेख्ने विद्यार्थीलाई कारवाही गर्ने एजेन्डा काउन्सिलमा लागेका थिए । प्रेस काउन्सिलको क्षेत्राधिकारबारे अरु कोहि काउन्सिल सदस्यलाई थाहा नभएकाले उक्त निर्णय पास भयो । सिए सरोकार डटकम र अर्थ सरोकार डटकमका सम्पादक सुरज प्याकुरेल त्यसबेला आइक्यानका विद्यार्थीसमेत थिए । यो संस्थाले नेपालमा सिए शिक्षा प्रदान गर्ने गरेको छ । तत्कालीन आइक्यान अध्यक्ष प्रकाश लम्सालले सार्वजनिक खरिद ऐन विपरित काम गरेको समाचार सिए सरोकार डटकमले प्राथमिकताका साथ प्रकाशित गरेपछि लम्सालले जवर्जस्ती काउन्सिलमा उक्त निर्णय पास गराएका थिए ।
अझ अचम्मको कुरा त के छ भने नेपाल चार्टड एकाउन्टेन्ट्स संघ(एक्यान) बाट प्रेस काउन्सिलको अडिट ब्यूरो अफ सर्कुलेसन समितिमा सदस्य समेत भएर उनी केहि समय अघि प्रेस काउन्सिलमा समेत आवद्ध भएका थिए । यो समितिमा एक जना उक्त संघबाट प्रतिनिधि पठाउने चलन छ । उक्त समितिमा गएको आडमा प्रेस काउन्सिलका सबै कुरा थाहा छ, भन्दै उनले दादागिरी शैलीमा यो निर्णय पास गराएका थिए । साथै उनले विवादमा आउने डरले उक्त निर्णय सार्वजनिकसमेत गरेका छैनन् ।
उनी त अझ पछिल्लो पात्र हुन्, जसले आइक्यानमा समाचार लेख्ने पत्रकारलाई कारवाही नै गर्ने नियम विद्यार्थी आचारसंहिताका नाममा काउन्सिलबाट पास गराएका थिए । त्यसअघि आइक्यानका अध्यक्ष महेश गुरागाईंले समाचारकै विषयलाई लिएर पत्रकारलाई स्पष्टीकरण सोध्ने, सचेत गराउने लगायतका काम गर्दै आएका थिए । उनको यो कदमको नेपाल चार्टड नेपाल चार्टड एकाउन्टेन्ट्स विद्यार्थी एसोसीएसन (एनकासा)ले विरोध गरेका थिए । तत्कालीन समयमा आइक्यानबाट आएको यस्तो पत्रबारे प्रेस काउन्सिलकै सदस्य रहेका किशोर श्रेष्ठले, ‘सानो केहि लेखेर पठाईदिनुहोस्, प्रेस काउन्सिलमा गएर बोर्ण बहादुर कार्कीलाई भेटेर जानकारी गराउनुस्, नआत्त्तिनुहोला, केहि परे हामी छौं’ भन्दै सान्त्वना दिएका थिए । उक्त समय परिक्षा परेकाले उनी काउन्सिलमा जान समेत भ्याएनन् । पछि समाचार सत्य भएका कारण तत्कालीन अध्यक्ष महेश गुरागाईंले कारवाहीको प्रर्किया अगाडी बढाएनन् । उनले आइक्यानका कर्मचारी माधव नारायण कक्षपतिलाई यो काममा ‘गोटी’ बनाएका थिए ।

       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: