×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनताको पैसामा काठमाडौँका मेयरले किने १ करोड २० लाखको गाडी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ श्रावण २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

जनताको पैसामा काठमाडौँका मेयरले किने १ करोड २० लाखको गाडी !

काठमाडौँ – मोबाइल किन्ने निर्णय गरेर विवादमा आएका मेयर विद्या सुन्दर शाक्यले १ करोड २० लाखको गाडी किनेका छन् । मेयर शाक्यका लागि झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको ‘फर्च्यूनर ’ गाडी काठमाडौंमा आइपुगेको छ । उक्त गाडी अहिले अहिले राष्ट्रिय सभागृह परिसरमा राखिएको छ । प्राप्त जानकारी अनुसार नयाँ गाडी केही दिनमै मेयर शाक्यले प्रयोग गर्नेछन् । 
मेयर शाक्यलाई अहिले पनि महानगरले महंगै गाडी उपलब्ध गराएको छ । उनले चढ्ने गाडी झण्डै १ करोड बराबरको छ । नगरपालिकामा कन्डिसनका गाडी भएपनि उनले नयाँ गाडी मात्र चढ्ने भन्दै नयाँ गाडी मगाएका हुन् । ‘पूरानो नगरपालिकाको गाडी कन्डिसनमै छ । तर मलाइ नयाँ गाडी नै चाहियो भन्दै मेयर शाक्यले जिद्दी गरेपछि नयाँ गाडी ल्याइएको थियो ।’ नगरपालिकाका एक प्रतिनिधिले भने, ‘विद्यासुन्दर शाक्यले जनताको पैसा उठाएको नगरपालिकाको ढुकुटी नै सिध्याउने भए ।
मोबाइल किनेर विवादमा आएका उनी पुन: विवादमा आएका छन् । उनले गाडी किनेको खबर अहिले सामाजिक संजालमा भाईरल भएको छ भने उनको विलासी स्वभावको पनि चर्चा हुन थालेको छ ।  उनले जनताकै पैसामा उपमेयरलाई समेत ८० लाखको गाडी किनिदिएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: