×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले ल्यायो नयाँ नियम, बैंक खातामा राखेको पैसा २० वर्ष सम्म नचलाए जफत हुने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३२ श्रावण २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

राष्ट्र बैंकले ल्यायो नयाँ नियम, बैंक खातामा राखेको पैसा २० वर्ष सम्म नचलाए जफत हुने !

काठमाडौँ –  बैंक खातामा राखेको पैसा २० बर्षसम्म नचलाए जफत हुने भएको छ । यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिने बताइएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यो नियम आजै बाट लागु हुनेछ । ग्राहकले समय समयमा खाता नवीकरण गरी सक्रिय बनाएको अवस्थामा भने रकम जफत हुने छैन ।
राष्ट्र बैंकले योसँगै खाता बन्द गर्न पनि पैसा लाग्ने नियम बनाएको छ । खाता खोलेको ६ महिनाभित्र बन्द गर्न चाहेमा वा तोकिएको समय अवधि भित्र एक पटक भन्दा बढी पटक बैंक स्टेटमेन्ट झिक्नु परेमा समेत शुल्क लाग्ने एकिकृत निर्देशिकामा उल्लेख छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: