×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैठकको शुन्य समयमा सांसदहरु सरकारी कर्मचारीको विदेश भ्रमण र आयल निगमको भ्रष्टाचारबारे आक्रोशित

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  – बुधबार व्यवस्थापिका संसदको बैठक बस्यो । बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले नेपाल आयल निगमको जग्गाा खरिदमा भएको भ्रष्टाचारको यथार्थ छानविन गर्न र संसदीय छानविन समिति गठन गरी सत्यतथ्य संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएको छ । नेकपा माओवादी केन्द्रकी सांसद भेषकुमारी राउतले निगममा भएको भ्रष्टाचारको छानविन गर्न तत्काल संसदीय समिति गठन गर्न माग गरिकी छिन् ।

सांसद भक्तबहादुर विश्वकर्मा खपाङ्गीले समेत सरकारी कर्मचारी विदेश भ्रमणमा मात्र लुप्त हुँदै गएको भन्दै त्यस कार्यलाई रोक्न पनि सरकारलाई आग्रह गरेको छन् । सरकारी कर्मचारीहरुको विदेश भ्रमण र नेपाल आयल निगमले जग्गा खरिदमा भएको भ्रष्टाचार तथा सडकको दुराअवस्थाप्रति सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसदहरुले बाढी र डुबान प्रभावितलाई प्रभावकारी उद्धार तथा राहतको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: