×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवम् सिमेन्टका एचआर मेनेजरले, ‘तँ मु*हरुलाई गोली ठोकेर मार्छु’ भन्दै धम्क्याएपछी… !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ भाद्र २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

शिवम् सिमेन्टका एचआर मेनेजरले, ‘तँ मु*हरुलाई गोली ठोकेर मार्छु’ भन्दै धम्क्याएपछी… !

  • अर्थ सरोकार सम्बाददाता 
हेटौंडा – जनता ठगेर बदनाम भएको सिमेन्ट उद्योग सिमेन्टका कर्मचारीको रबैयाले सीमा नाघ्न थालेपछी स्थानीयहरु प्रतिकारमा उत्रिन थालेका छन् । यसैबीच  हेटौंडाको हटियामा रहेको शिवम् सिमेन्टका नयाँ एचआर म्यानेजर संजय सुवेदीले रक्सी पिएर स्थानीयलाई अपशब्द बोल्दै थर्काएपछी शिवम् सिमेन्टका कर्मचारीको रबैया विरुद्ध त्यहाँका स्थानीयहरु बोल्न थालेका छन् ।

‘तँ मु*हरुलाई गोली ठोकेर मार्छु भन्दै शिवम् सिमेन्टका कर्मचारीहरुले स्थानीयहरुलाई दुर्व्यवहार गरे । अझ महिलाहरुमाथिसमेत अश्लील गाली गर्ने काम भयो । अति नै भएपछी प्रहरीमा उजुरी गर्यौं ।’ एक स्थानीयले अर्थ सरोकार डटकमसँग भने । स्थानीयको उजुरीपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘रक्सीको नसामा गाउलेलाई जथाभावी बोल्ने सुवेदीलाई उद्योगबाट हटाउनु पर्छ । उनलाई कारवाही नभएसम्म हामी छोड्दैनौं । यसै पनि शिवम् सिमेन्टका कर्मचारीहरुको रबैया बढी नै छ । यहाँ उद्योगले गलत काम गर्दा पनि पैसा र पावरका भरमा छुट हुने गरेको छ । स्थानीय पत्रिकाले सिमेन्टको गलत कुराको पर्दाफास गर्दा काठमाडौँबाटै मार्केटिङ मान्छे आएर केहि पत्रकार किन्ने काम समेत भएको छ । हामी सबै मिलेर शिवम् को रबैया विरुद्ध लाग्नुपर्छ ।’ एक स्थानीयले अर्थ सरोकार डटकमसँग भने ।

यता प्रहरीले भने मापसे गरी गाउलेलाई धम्काउने सुबेदीलाई कारवाही गर्न सकेको छैन । स्थानीय केहि प्रहरीलाई नै सिमेन्ट उद्योगले बेला बेलामा पैसा दिने गरेकाले यस्तो आनाकानी गरेको स्थानीयहरुको आरोप छ । यता प्रहरीले भने स्थानीयले लिखित रुपमा उजुरी नदिए सम्म र मेडिकलले मापसेको रिपोर्ट नदिए सम्म कारवाही गर्न नमिल्ने बताएको छ ।

यसो त यो शिवम् सिमेन्टमा गलत कर्पोरेट कल्चरको पहिलो उदाहरण भने होइन । यसअघि शिवम् सिमेन्टको मार्केटिङ विभागमा काम गर्ने एक कर्मचारीको पनि समाचार हटाउने विषयलाई लिएर यस्तै लफडा भएको खबर बाहिर आएको थियो ।   
यो छुटाउनु भयो कि ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: