×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डलाई चुनौति दिन मध्यरातमा थवाङ गाउँपालिकाका अध्यक्ष अपहरित

PRIME CA

प्रचण्डलाई चुनौति दिन मध्यरातमा थवाङ गाउँपालिकाका अध्यक्ष अपहरित

अर्थ सरोकार

प्रकाशित मिति : ३० भाद्र २०७४, शुक्रबार

रोल्पा – नेकपा माओवादी केन्द्रका नेता तथा थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन् । विहीवार राती उनलाई अज्ञात समुहले अपहरण गरेको प्रहरीले जनाएको छ । थवाङ २ स्थित ससुराली घरबाट घर्ति अपहरणमा परेका छन् । ससुराली घरमा सुतिरहेका बेला राति २ बजे उनलाई अपहरण गरिएको परिवारजनले वताएका छन् । उनीले कस्ले र किन अपहरण गरयो, त्यो भने अझै खुल्न सकेको छैन ।
वियोग उपनामले चिनिने घर्ती माओवादी जनयुद्धकाल देखि नै सक्रिय स्थानीय नेता थिए । पछिल्लो समय विप्लव नेतृत्वको नेकपा माओवादीसँग विवादमा परेका थिए । शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल थवाङमा गाउँसभा उदघाटनमा जान लागेका छन् । प्रचण्ड थवाङ पुग्नुभन्दा अघि नै गाउँपालिकाका अध्यक्ष अपहरणमा परेका छन् । – एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: