×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पार्टीभित्रकै दुष्मनबाट घेरिएका गृहमन्त्री जनार्दन शर्मा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० भाद्र २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

पार्टीभित्रकै दुष्मनबाट घेरिएका गृहमन्त्री जनार्दन शर्मा

काठमाडौं – उर्जामन्त्री हुँदा लोडसेडिङ मुक्त गरेर सर्वाधिक चर्चा कमाएका वर्तमान गृहमन्त्री जनार्दन शर्मा पार्टीभित्र घेराबन्दीमा परेका छन् । पार्टीका प्रभावशाली नेताहरुले चर्काे घेराबन्दी गरेपछि शर्मा एक्लिदै गएका छन् ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग शर्माको पुरानै टकराव हो । पहिलो संविधानसभाको निर्वाचनदेखि नै महरा र शर्माबीच टकराव हुँदै आएको छ । शर्मा उर्जामन्त्री हुनुभन्दा पहिले बर्षमान पुन अनन्त र शक्ति बस्नेत प्रिय मित्र थिए । तर उर्जामन्त्री भएपछि पुन र बस्नेत पनि पार्टीभित्रका दुष्मन बनेका छन् ।
पछिल्लो समय नेकपा माओवादीभित्र प्रचण्डको उत्तराधिकारी बन्न नेताहरुबीच चर्काे प्रतिस्पर्धा सुरु भएको छ । महरा, बर्षमान, जनार्दन र शक्ति बस्नेतबीच कडा टक्कर परेको छ । पार्टीभित्र रामबहादुर थापा बादल र टोपबहादुर रायमाझी उत्तराधिकारीको रेसबाट बाहिरिएका छन् । तर चार जनाबीच निकै कडा प्रतिस्पर्धा चलेको छ ।
उर्जामन्त्री हुँदा आफ्नो इज्जतसमेत धानेको भन्दै बारम्वार बैठकमा प्रचण्डले शर्माको प्रशंसा गर्ने गरेका छन् । प्रचण्डले प्रशंसा गर्न थालेपछि महरा, पुन र बस्नेत एक ठाउँमा आएको माओवादी स्रोत बताउँछ । अखिल क्रान्तिकारीको महाधिबेशन जनार्दन भर्सेज महरा, पुन र बस्नेत बनेको थियो । महरा, पुन र बस्नेतको खेमामा पछिल्लो समय गोपाल किँराति पनि थपिएका छन् ।
पार्टीभित्र शर्मा एक्लिदै गएका छन् । उनका पक्षमा रायमाझी उभिएपनि महरा र पुन पक्षधरलाई टक्कर दिने मनस्थितिमा छैनन् । स्थानीय तहको निर्वाचनमा गृहजिल्ला रुकुमबाट कांग्रेस, एमालेलाई क्लिन स्वीप गरेका शर्मालाई प्रचण्डले थप विश्वास गर्न थालेका छन् ।
युद्धकालदेखि नै माओवादीभित्र रुकुम र रोल्पा फ्याक्टरबीच टकराव थियो । रुकुमबाट जनार्दन, लोकेन्द्र बिष्ट, हेमन्तप्रकाश ओली एक ठाउँमा थिए भने रोल्पाबाट महरा, बर्षमान र नन्दकिशोर पासाङ थिए । पहिलो संविधानसभाको निर्वाचनपछि रुकुमकै नेताबीच टकराव भयो । शर्मा एकातिर भएभने बिष्ट र ओली अर्काे खेमामा पुगे । दुवैजनालाई साइज लगाएका शर्माको टकराव फेरी रोल्पा फ्याक्टरमा पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: