×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा कांग्रेसमा पुरानै अनुहार, एमालेले नयाँअनुहार उठाउँदै, को–कस्को छ सम्भावना ?

PRIME CA

काठमाडौँमा कांग्रेसमा पुरानै अनुहार, एमालेले नयाँअनुहार उठाउँदै, को–कस्को छ सम्भावना ?

अर्थ सरोकार

प्रकाशित मिति : २ आश्विन २०७४, सोमबार

२०७४ साल मङ्सिर १०गते आइतबार र २१ गते बिहीबार एकै पटक प्रतिनिधि सभार प्रदेश सभा सदस्यनिर्वाचन हुने भएपछि मुख्य गरेर नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी)लगायतका ठूला राजनीतिकदल अहिले चुनावी माहोलमा होमिएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यक्रम तालिकासमेत सार्वजनिक गरिसकेपछि अहिले ती दलहरुमा अझ चुनावी माहोल तातेको हो । सरकारले निर्वाचन मिति तय गरेसँगै निर्वाचन आयोगले ०७४ मंसिर १० गते आइतबार र ०७४ मंसिर २१ गते बिहीबार बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको समय निर्धारण समेत गरिसकेको छ । 
आयोगले प्रत्यक्षतर्फ पहिलो चरणका लागिकात्तिक ५ देखि ८ सम्म र दोस्रो चरणको निर्वाचनका लागि ०७४ साल कात्तिक १६ देखि १९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ भने उम्मेदवार मनोनयन दर्ता कात्तिक ५ मा र नामावली प्रकाशन कात्तिक ७ मा गर्ने तय गरेको छ । नयाँ संविधान अनुसार प्रतिनिधिसभाका २ सय ७५ सांसद् प्रत्यक्ष र समानुपातिक तर्फबाट चुनिने भएपछि अहिले राजनीतिकदल भित्रै क–कसलाई उम्मेदवार बनाउने भनेर छलफल सुरु भएको छ । मुलुकभरी नै अहिले उम्मेदवार कसलाई बनाउने भनेर छलफल सुरु भैरहेका बेला सबै भन्दा बढी १० वटा क्षेत्र रहेको काठमाडौँमा पनि अहिले चुनावी सरगर्मी तातेको छ । 
०७४ सालमंसिर २१ गते अर्थात दोस्रो चरणमा काठमाडौँसँगै ४५ वटा जिल्लामामा प्रतिनिधि सभार प्रदेश सभाको निर्वाचनहुने भएपछि ती सबै जिल्लामा अहिले उम्मेदवार छनोटका लागिदलहरुले छलफल सुरु गरेका छन् । 
काठमाडौँमा अहिलेसम्म एमाले र नेपाली कांग्रेसले उम्मेदवार छनोटका लागि बहसलाई तिव्र बनाएको छ । माओवादीलगायतका दल भने अहिले पनि मौन जस्तै छन् । संविधानसभाको पहिलो निर्वाचनमा एक सिट पनि नजितेको एमालेले दोस्रो निर्वाचनमा भने तीन वटा क्षेत्रमा जित निकालेको थियो । तीमध्ये एमाले बरिष्ठ नेता माधवकुमार नेपालले रौतहटसँगै काठमाडौँको पनि क्षेत्र नम्बर–२ बाट चुनाव जिन्नु भएको थियो । उहाँले आफुले जितेको दुई मध्ये एक क्षेत्र अनिवार्य छाड्दा काठमाडौँ छाड्नु भएको थियो । त्यहाँ पुनःनिर्वाचन हुँदा नेपाली कांग्रेसले जित्यो । यसरी दोस्रो निर्वाचनमा १० मध्ये आठ क्षेत्र जितेको कांग्रेस स्थानीय निर्वाचनसम्म आइपुग्दा निकै कमजोर सावित भयो । उसले काठमाडौँका १० नगर र एक महानगरपालिकामध्ये चार नगरपालिकामा मात्र विजयी प्राप्त गर्न सफल भयो । 
स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गर्न नसकेको कांग्रेसले यो पटक प्रतिनिधि सभानिर्वाचनमा पुरानै अनुहारलाई दोहोर्याउने तयारी गरेको बुझिएको छ । 
स्रोतका अनुसार कांग्रेसले क्षेत्र नम्बर–१ बाट प्रकाशमान सिंह, २ बाट दिपकप्रसाद कुइकेल, ३ बाट कांग्रेसले कसलाई उम्मेदवार बनाउने भन्ने अझै टुंगो लागेको छैन । यस अघि सो क्षेत्रबाट चक्र ठकुरीले टिकट लिदैँ आए पनि ठकुरीको निधन भैसकेको छ । ४ बाट गगनकुमार थापालाई नै उम्मेदवार बनाउने तयारी गरेको बुझिएको छ । क्षेत्र नम्बर–५ बाट पछिल्लो समय निकै अस्वस्थ्य रहनु भएका नरहरी आचार्यलाई नै उम्मेदवार बनाउने र क्षेत्र नम्बर–६ माभीमसेन दास प्रधानलाई दिने बुझिएको छ । नवीन्द्रराज जोशी–८ र क्षेत्र नं. ९ बाट ध्यानगोविन्द रंजित, राजेन्द्रकुमार केसीले –१० बाटै टिकट पाउने बुझिएको छ । क्षेत्रनम्बर–१० बाट संविधानसभाको दोस्रो निर्वाचनमामा ओवादीअध्यक्ष प्रचण्ड पनि उम्मेदवार बन्नुभएको थियो । प्रचण्डले यो पटक पनि त्यही क्षेत्रबाट उम्मेदवार बन्ने चाहना राखेको बुझिएको छ । 
एमालेले भने यो पटक काठमाडौँबाट समावेशी र नयाँ उम्मेदवार उठाउने तयारी गरेको बुझिएको छ । काठमाडौँ महानगरपालिकाको मेयरका रुपमै चर्चामा आउनु भएकी सावित्रा भुसालले क्षेत्र नम्बर–१ बाट टिकट पाउने सम्भावना छ भने रौटहटबाट उम्मेदवार नबन्दा क्षेत्र नम्बर–२ बाट बरिष्ठ नेतामाधव नेपालले टिकट लिने सम्भावना छ । संविधान सभाको दोस्रो निर्वाचनमा कांग्रेस उम्मेदवारलाई पराजित गर्न सफल रामेश्वर फुँयालले क्षेत्र नम्बर–३ बाट र डाक्टर राजन भट्टराईले ४ बाट टिकट पाउने सम्भावना छ । क्षेत्रनम्बर–५ बाट ईश्वर पोख्रेलले टिकट लिने निश्चित जस्तै छ । 
एमाले सचिव योगेश भट्टराईले यो पटक ताप्लेजुङबाट उम्मेदवार बन्ने चाहना राखेपछि काठमाडौँ क्षेत्र नम्बर–६ बाट केशव स्थापित र ७ बाट रामवीर मानन्धरले टिकट पाउने सम्भावना छ । क्षेत्रनम्बर–८ बाट एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले टिकट पाउने बुझिएको छ । क्षेत्रनम्बर–९ बाट डाक्टर अजय क्रान्तिशाक्य र १० बाट सुरेन्द्र मानन्धरले टिकट पाउने बुझिएको छ । भुसाल, भट्टराई, स्थापित र शाक्य नयाँ अनुहार हुन् । भट्टराई वर्तमान सांसद्, स्थापित काठमाडौँ महानगरपालिकाका पूर्व मेयर र शाक्य लुम्बिनी विश्वविद्यालयका सिनेटर हुनुहुन्छ भने केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उहाँको सामाजिक सांस्कृतिक तथा विज्ञान–प्रविधि सल्लाहकार हुनुहुन्थ्यो । यसपालीको स्थानीय निर्वाचनमा काठमाडौं महानगरका मेयर विद्यासुन्दरलाई जिताउन प्रमुख भूमिका शाक्य र स्थापितको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: