×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लगानीकर्ता संघको महासचिव हुँ’ भन्दै कम्पनीका मान्छे थर्काएको भन्दै संघले स्पष्टीकरण मागेपछि सुवेदीले दिए राजीनामा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ भाद्र २०७४, शनिबार

PRIME CA
laxmi sunrise bank

‘लगानीकर्ता संघको महासचिव हुँ’ भन्दै कम्पनीका मान्छे थर्काएको भन्दै संघले स्पष्टीकरण मागेपछि सुवेदीले दिए राजीनामा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सेयर लगानीकर्ता संघ नेपालका महासचिव नवराज सुवेदीले संघबाट राजिनामा दिएका छन् । संघले संघको नाम प्रयोग गरी व्यक्तिगत लाभ उठाउन खोजेकोबारे के कसो भएको हो भनी स्पष्टीकरण सोधेपछी संघबाट सुवेदीले राजीनामा दिएका छन् । संघबाट राजीनामा दिए लग्गतई उनले नेपाल पूँजी बजार संघ नामक अर्को संगठन दर्ताको प्रक्रिया सुरु गरिसकेका छन् । उनी संघबाट बाहिरिएसँगै एक अर्कामा दोष थुपार्ने काम सुरु भएको छ । नवराज सुवेदीले संघका अध्यक्ष व्यक्तिगत स्वार्थमा लागेको आरोप लगाईरहेका छन् भने संघका पदाधिकारीहरुले नवराज सुवेदीले संघको नाम बेचेर आफु मोटाउने काम गरेको आरोप लगाएका छन् । 
संघका पदाधिकारी भन्छन्, ‘सुवेदीले संघको नाम बेचेर मान्छे थर्काए’
‘नवराज सुवेदीले विभिन्न कम्पनीका पदाधिकारीहरुलाई फोन गर्ने, म लगानीकर्ता संघको मान्छे हो, बोनस कति आउँछ भन्नु पर्यो भन्दै थर्काउने गरेको थाहा पायौं । उनले संघको नाम बेचेर कम्पनीको भित्री जानकारी लिन खोज्ने, संघको नाम बेचेर कम्पनीका विभिन्न व्यक्तिहरुलाई प्रभावमा पार्ने लगायतका काम गरेको पाइयो । उनको यो रबैया थाहा भएपछि हामीले उनलाई यसबारे स्पष्टीकरण सोध्यौं । त्यसपछि उनको राजीनामा आयो । महासचिवलाई तुरुन्त संघबाट निकाल्नुपर्ने आवाज संघमा उठ्यो । संघमा यस्तो आवाज उठेपछी उनको राजीनामा स्वीकृत गरियो ।’ संघका एक पदाधिकारीले अर्थ सरोकार डटकमसँग भने ।
यसो त संघका तत्कालीन महासचिव नवराज सुवेदी र संघका पदाधिकारीबीच भएको ‘आरोप-प्रत्यारोप’ यो पहिलोपटक भने होइन । सेयर कारोबारमा भ्याट लगाउने भन्ने विषय आएपछी यसविषयको विरोध गर्न सिंहदरबार पुगेका संघका पदाधिकारीसँगै संघमै नरहेका व्यक्ति, चलचित्र निर्माता उज्ज्वल घिमिरेलाई सँगै लगेर विषय नै मोडिएको भन्दै तत्कालीन समयमा महासचिव र अन्य पदाधिकारीबीच सिंहदरबार परिसरमै झन्डै हात हालाहाल भएको थियो । 
‘अध्यक्षको रबैयापछी संघ छोडें’ : नवराज सुवेदी 
यता नवराज सुवेदीको तर्क भने बेग्लै छ । उनका अनुसार संघका अध्यक्ष उत्तम अर्यालले आफ्नो व्यक्तिगत स्वार्थ्यका लागि संघको नाम बेचेका छन् र मनपरी गरिरहेका छन् । अध्यक्षको यहि रबैयाका कारण आफु संघबाट बाहिरिएको उनको तर्क छ । उनका अनुसार रिलायबल डेभलोपमेन्ट बैंकको हकप्रद प्रकरणमा अध्यक्षले व्यक्तिगत स्वार्थ्य लिएका थिए भने संघ लगानीकर्ताहरुको हक हितका लागि भन्दापनि पदाधिकारीहरुको स्वार्थ्यमा लिप्त भएको छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: