×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ जना संचालक चुन्दै सम्पन्न भयो एनआइसी एसियाको साधारणसभा, २० प्रतिशत बोनस सेयर पारित !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० भाद्र २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

६ जना संचालक चुन्दै सम्पन्न भयो एनआइसी एसियाको साधारणसभा, २० प्रतिशत बोनस सेयर पारित !

काठमाडौं-  एनआइसी एसिया बैंकको २०औं बार्षिक साधारणसभाले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ। बैंकले एक अर्ब ३३ करोड ८५ लाख रुपैयाँको बोनस सेयर दिएको हो । बैंकको साधारणसभाले सञ्चालक समिति पनि चयन गरेको छ । संस्थापक सेयरधनीका तर्फबाट जगदिशप्रसाद अग्रवाल, तुलसीराम अग्रवाल र रामचन्द्र संघाइ चुनिएका छन् ।
साधारण सेयरधनीका तर्फबाट राजेन्द्र अर्याल, विनोदकुमार प्याकुरेल र आदित्यकुमार अग्रवाल सञ्चालक चुनिएका छन्। यसअघिको सञ्चालक समितिले गणेशमान श्रेष्ठलाई विज्ञ सञ्चालक नियुक्त गरिसकेको छ । सञ्चालक समितिले अध्यक्षमा तुलसीराम अग्रवाललाई चुनेको छ । 
बैंकको पाँच लाख ७० हजार बढि निक्षेप ग्राहक र २८ हजार बढि ऋणी छन् । तीन लाख ३० हजारभन्दा बढि डिजिटल बैंकिङ ग्राहक छन् । बैंकका १२५ शाखा रहेको सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: