×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बम प्रहारपछि सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई हम्मेहम्मे, भकाभक अंगरक्षक थपिँदै

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० कार्तिक २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

बम प्रहारपछि सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई हम्मेहम्मे, भकाभक अंगरक्षक थपिँदै

काठमाडौं – चूनावको मिति नजिकिदै जाँदा देशभर बम बिस्पोट, आक्रमण र निर्वाचन सामाग्री च्यात्ने देखि जलाउनेसम्मका घटनाहरु ह्वात्तै बढ्न थालेका छन् ।
अहिले प्रहरी सबैभन्दा बढी चनाखो बनेकोजस्तो देखिन्छ । गृहमन्त्रालयले उम्मेदवार र नेताहरुको सुरक्षाका लागि कुनै कसर बाकि नराखेको
प्रदेशसभाका लागि नेकपा एमालेका उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ दावी गरिरहँदा उम्मेदवारहरुमाथि दिनादाहाडै बम आक्रमण भइरहेका छन् ।
पछिल्लो समय रोल्पामा माओवादी केन्द्रका नेता बर्षमान पुनमाथि २ पटक हमला भएपछि उनि कार्यक्रममै जान डराइरहेको अवस्था छ । उता जनार्दन शर्माको अवस्था पनि पुनको भन्दा फरक छैन ।
एमाले नेता शेरधन राईमाथि भोजपुरमा आक्रमण हुदाँ त्यहाँको अवस्था थप जटिल बनेको छ । संखुवासभामा पनि एमाले र माओवादी केन्द्रका नेता र उम्मेदवार चढेको गाडी एम्बुसमा पर्यो । यी सबै घटनाहरु घटेपछि यतिबेला सरकारलाई ठुलो सुरक्षा थ्रेट छ । एमाले र माओवादी केन्द्रले सरकारको सुरक्षा व्यवस्था र नीतिमाथि नै प्रश्न उठाएका छन् ।
अझ एमालेले उम्मेदवारहरुमाथिको आक्रमण सरकारले नै गरेको भन्ने संगिन आरोप पनि लगाइसकेको छ । यो अवस्थामा सरकारले उम्मेदवारहरुको सुरक्षाका लागि अंगरक्षकको संख्या बढाउने र व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गर्न थालेको छ ।
स्वयम प्रहरीलाई समेत सुरक्षा व्यवस्था मजबुत बनाउन हम्मेहम्मे परिरहेको छ ।
राईमाथिको आक्रमणपछि बुधबार भोजपुरको सदरमुकाममा आकस्मिकरुपमा बसेको सर्वदलीय बैठकले सुरक्षालाई थप कडाइ गरेको छ । सुरक्षाको विषयलाई लिएर पूर्वमन्त्रीहरु, उम्मेदवार, जिल्लास्थित राजनीतिक दल र सुरक्षा समितिबीच छलफल भएको थियो ।
बैठकले उम्मेदवारलक्षित अंगरक्षक थप गर्ने निर्णय गरेसँगै वाम गठबन्धनका उम्मेदवार प्रदेशसभा क का राजेन्द्रकुमार राई र प्रतिनिधिसभाका उम्मेदवार सुदन किराँतीलाई अंगरक्षक पठाइएको छ ।
त्यसैगरी, लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार उमेशजंग रायमाझी, प्रदेशसभा क का उम्मेदवार अजम्बर राई काङमाङ तथा प्रदेशसभा ख का उम्मेदवार गोविन्दबहादुर कार्कीलाई अंगरक्षकको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: