×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घोषणापत्र सार्वजनिक गर्दै प्रचण्ड र ओलीले कांग्रेसलाई दिए कडा चेतावनी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ कार्तिक २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

घोषणापत्र सार्वजनिक गर्दै प्रचण्ड र ओलीले कांग्रेसलाई दिए कडा चेतावनी

काठमाडौँ  – नेकपा एमाले र माओवादीले वाम गठबन्धन आफ्नो ऐस र आरामको स्वर्णयुग समाप्त हुने भएकोले कांग्रेस विक्षिप्त भएको टिप्पणी गरेका छन् ।
कम्युनिष्ट अधिनायकवादको हौवा पिटाइएको भन्दै दुबै दलले भनेका छन्, ‘यस्ता भ्रमपूर्ण हल्ला उनीहरूको हतास मनस्थितिको परिचायक बाहेक अरु केही होइन ।’
आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावका लागि संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले लोकतन्त्रप्रतिको प्रतिवद्धतामा अनावश्यक प्रश्न नगर्न चेतावनी दिएका छन् ।
विगतमा पनि एमाले र माओवादीले मिलेर सरकार चलाएको स्मरण गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘त्यसबेला त कोकोहोलो मच्चिएको थिएन । अनि अहिले एमाले र माओवादी मिल्दा पैताला बजाउने, कपाल लुछ्ने किन ?’
उनले अघि भने, ‘लोकतन्त्र समाप्त हुन लाग्यो रे ? झगडा गर्‍यो भने लोकतन्त्र बलियो हुन्छ ?’
एमाले अध्यक्ष ओलीले विचार मिल्ने पार्टीहरु एकतावद्ध हुनासाथ भयपूर्ण रुपमा चित्रण नगर्न आग्रह गरे । आफूहरुको गठबन्धन लोकतन्त्र, लोकतान्त्रिक प्रक्रिया, बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली, स्वतन्त्र न्यायालय, आवधिक निर्वाचन प्रति प्रतिवद्ध रहेको उनले बताए । – काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: