×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्रेकिङ- उम्मेदवारसहित बामगठबन्धनका ४ नेता चढेको गाडी एम्बुसमा पर्यो, लगत्तै अर्को बम बिस्पोट !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ कार्तिक २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

ब्रेकिङ- उम्मेदवारसहित बामगठबन्धनका ४ नेता चढेको गाडी एम्बुसमा पर्यो, लगत्तै अर्को बम बिस्पोट !

निर्वाचन नजिकै जाँदा देशभर बम बिस्पोट र गोलीकाण्डका घटनाहरु बढ्दै गइरहेका छन् । रूकुममा माओवादी नेता जनार्दन शर्मामाथी गोली प्रहार र रोल्पामा माओवादी नेता वर्षमान पुन चढेको गाडी एम्बुस बिस्फोटमा परेको एक साता नबित्दै संखुवासभामा पुनः एम्बुस बिस्पोट भएको छ ।
मंगलबार बिहान संखुवासभामा बाम गठबन्धनका ४ जना केन्द्रीय नेताहरु सवार गाडी अज्ञात समूहले थापेको एम्बुस बिस्पोटमा परेको छ । एम्बुस बिस्पोटलगत्तै अर्को १ वटा बम पनि बिस्पोट भएको बताइएको छ ।
मंगलबार चुनावी सभालाई सम्बोधन गर्नका लागि धुपुबाट बाह्रबिसे जाँदै गरेको गाडी बिस्पोटमा परेको इमान्दार मिडियालाई गोप्य स्रोतले बतायो । बिस्पोटका कारण गाडीमा क्षति पुगेको छ भने नेताहरु शकुसल रहेको बताइएको छ।
इमान्दार मिडियालाई प्राप्त जानकारी अनुसार गाडीमा एमाले नेता राजेन्द्र गौतम, समानुपातिक सभासद् इन्दिरा मिश्र ‘चेतना’, माओवादी केन्द्रका नेता राजेन्द्र कार्की ‘नबिन’ र पूर्ण राईसहित अन्य नेताहरु सवार रहेका बुझिएको छ।
एम्बुसमा परेको गाडीमा सवार नेताहरु संखुवासभाको बाह्रबिसेमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नका लागि बिहानै त्यसतर्फ हिडेका हुन् । उक्त बिस्पोटपछि त्यहाँको स्थिति तनाबग्रस्त बनेको थियो ।
नेताहरु सवार गाडी एम्बुसमा परेलगत्तै आकाशमा हेलिकप्टरले केही समय गस्ती समेत गरेको छ भने घटनास्थलतर्फ सुरक्षाकर्मीहरु पठाइएको छ। बिस्पोट कसले र किन गराएको हो भन्ने बारे यो समाचार तयार पार्दासम्म कुनै पनि निकायबाट आधिकारिक जानकारी प्राप्त भएको छैन ।
पछिल्लो समय निर्वाचनमा हुमिएका दलका उम्मेदवार र नेताकार्यकर्ता चढेका सवारीसाधन र नेताहरु अज्ञात समुहको एम्बुस र गोलीको निशानामा पर्न थालेका छन्। हिजो आज देशैभर उम्मेदवारहरुमाथि चरणबद्ध रुपमा आक्रमणहरु भइरहेका छन् ।
शुक्रबार रोल्पा जिल्लाको माडीगाउँपालिका-१ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडी जमिनमुनि बिछ्याइएकाे बिद्धुतिय धराप बिस्फोटमा परेको थियो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: