३ लाख घुससहित मालपोतका २ सुब्बा पक्राउ

काठमाडौँ  – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित मालपोत कार्यालय कलंकीका दुई नायव सुब्बालाई पक्राउ गरेको छ ।

आयोगको टोलीले नायब सुब्बाद्वय नारायणमणि खनाल र शेरबहादुर तामाङलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस लिंदै गर्दा आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुकाबारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
प्रकाशित : Thursday, November 30, 2017

recent

Popular Posts