×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवाका विशेष दूत बनेर विनोद चौधरी सुटुक्क पुगे दिल्ली, यस्तो छ भित्रि रहस्य

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ पुष २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

देउवाका विशेष दूत बनेर विनोद चौधरी सुटुक्क पुगे दिल्ली, यस्तो छ भित्रि रहस्य

काठमाडौं – निर्वाचन अघि कांग्रेसमा प्रवेश गरेका उद्योगपति विनोद चौधरीलाई अहिले दिल्ली पठाएका छन् ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विनोद चौधरीलाई आफ्नो विशेष दूत बनाएर दिल्ली पठाएका हुन् ।  
बामगठबन्धनको स्पष्ट बहुमत आउँदा पनि सरकार छाड्न तयार नभएका देउवा पछिल्लो समय गठबन्धन टुटाउन सक्रिय भएका छन् । उक्त कार्य सम्पन्न गर्नको लागि भारतीय नेताहरुको सहयोग माग्न चौधरीलाई देउवाले दिल्ली पठाएको स्रोतले जानकारी दिएको छ ।
केही समय पहिले नेता विमलेन्द्र निधि, प्रकाशशरण महत, बालकृष्ण खाँड जस्ता नेताहरु देउवाका अतिविश्वास पात्र थिए । एमाले र माओवादी गठबन्धनको सरकार ढाल्न महत्वपूर्ण भूमिका खेलेका निधिलाई उनले अरुभन्दा बढि विश्वास गर्ने गरेका थिए । तर पछिल्लो समय निधिभन्दा बढि विश्वास पात्र चौधरी बनेका छन् ।
बाम गठबन्धन टुटाउने र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने उदेश्यका साथ देउवाले चौधरीलाई दिल्ली पठाएका छन् । बाम गठबन्धन टुटे र प्रचण्ड कांग्रेसको सहयोगमा प्रधानमन्त्री बने उपप्रधानमन्त्रीसहित चौधरीलाई अर्थमन्त्री बनाउने आश्वासन देउवाले दिएका छन् ।
भारतीय संस्थापन र प्रतिपक्षका नेताहरुसँग चौधरीको राम्रो सम्बन्ध रहेकोले भारतीय नेताहरुसँग सहयोग माग्नको लागि उनलाई दिल्ली पठाएका हुन् । तीन दिनअघि सुटुक्क दिल्ली पुगेका चौधरीले भारतीय विदेश मन्त्री सुष्म स्वराजसहित भारतीय जनता पार्टीका नेताहरुसँग भेटघाट गरिरहेका छन् । उनको दिल्ली मिशन बाम गठबन्धन टुटाउने र आफु अर्थमन्त्री बन्ने रहेको कांग्रेस निकट एक नेताले बताए ।
चौधरी कांग्रेसको समानुपातिक सुचिमा छन् । मधेसीको आरक्षण कोटाबाट सम्पन्नशाली चौधरी सांसद बन्ने भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: