×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकाबाट पे-पल इन्कमार्फत इन्भेष्टमेन्ट बैंकले थाल्यो रेमिट्यान्स सेवा

PRIME CA

अमेरिकाबाट पे-पल इन्कमार्फत इन्भेष्टमेन्ट बैंकले थाल्यो रेमिट्यान्स सेवा

अर्थ सरोकार

प्रकाशित मिति : १० पुष २०७४, सोमबार

काठमाडौं – अमेरिकामा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंकले अमेरिकास्थित अनलाईन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पे-पल इन्क -जुम)साग रेमिट्यान्स सेवाको सुरुवात गरेको छ ।
यस सेवाको सुरुवात पछि अमेरिकामा रहेका नेपालीहरुले त्यहाास्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी पे-पल इन्क (जुम) मार्फत नेपालमा पृथ्वी रेमिटबाट भुक्तानी हुने गरी रकम पठाउन सक्नेछन् ।
त्यसरी पठाएको रकम नेपालस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा तुरुन्तै जम्मा हुनेछ साथै नेपालमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाको खातामा पनि रकम जम्मा गर्न सकिन्छ ।
पे-पल इन्क (जुम) रेमिटका देशभर छरिएर रहेका ८ हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिनेछ । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न यो माध्यम उपयुक्त हुने विश्वास लिइएको छ ।
देशका विभिन्न ठाउामा रहेका ६१ वटा शाखा र ९९ वटा एटिएम मार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.र अमेरिकास्थित पे-पल इन्क (जुम) बीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र लिन सहज बनाएको छ ।
यसअघि नेपाल इन्भेष्मेण्ट बैंकले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले भारतको एक्सिस बैंक र कुवेतको अल सुल्तान एक्स्चेन्ज साग पनि सम्झौता गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: